२३ भाद्र २०८३, मंगलवार
,
Latest
एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्तित्व खतरामा पर्यो भने रूसले आणविक हतियार प्रयोग गर्न सक्छ : क्रेमलिन



अ+ अ-

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो अस्तित्व खतरा पर्यो भने मात्र रुसले आणविक हतियार मात्र प्रयोग गर्ने बताएका छन् ।

पेस्कोभको टिप्पणी सीएनएन अन्तर्वार्ताकार क्रिस्टियन अमानपुरले उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सन्दर्भमा आणविक विकल्प प्रयोग गर्दैनन् भन्ने कुरामा ‘आश्वस्त वा विश्वस्त’ छन् छैनन् भन्नेबारे प्रश्न गरेपछि आएको हो ।

“हामीसँग घरेलु सुरक्षाको अवधारणा छ र यो सार्वजनिक छ। तपाईंले आणविक हतियार प्रयोग गर्नुको सबै कारणहरू पढ्न सक्नुहुन्छ”, पेस्कोभले मङ्गलबार भने, “यदि यो हाम्रो देशका लागि अस्तित्वको खतरा हो भने यसलाई हाम्रो अवधारणा अनुसार प्रयोग गर्न सकिन्छ।”

पुटिनले गत महिना रुसको आणविक सेनालाई उच्च सतर्कतामा राख्न आदेश दिएका थिए।

आदेशअनुरूप रूसको रक्षा मन्त्रालयले फेब्रुअरी २८ मा आफ्नो आणविक क्षेप्यास्त्र सेना तथा उत्तरी र प्यासिफिक फ्लीटहरू बढाइएको र लडाकूलाई ड्युटीमा राखिएको बताएको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मार्च १४ मा आणविक द्वन्द्वको सम्भावना कुनैबेला अकल्पनीय थियो, अब सम्भावनाको दायरामा फर्किएको छ बताए।

पुटिनले युक्रेनमा रासायनिक र जैविक हतियारहरू प्रयोग गर्नेबारे विचार गरिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएपछि यस्ता टिप्पणीहरू आएका हुन् । किनकी बाइडेनले मस्कोको रणनीतिलाई बढ्दो ‘क्रूर’ को सङ्ज्ञा दिए।

गत हप्ता रुसले आफ्नो किन्जल (डागर) हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेको बताएको थियो जसले पृथ्वीको जुनसुकै ठाउँमा एक घण्टाभित्रमा निशाना ठोक्न सक्छ।

पुटिनले डिसेम्बरमा भनेका थिए, “रुस हाइपरसोनिक क्षेप्यास्त्रमा विश्वव्यापी नेता हो, जसको गति, चाल र उचाईले तिनीहरूलाई ट्र्याक गर्न र अवरोध गर्न गाह्रो बनाउँछ।”

किन्जल मिसाइलहरू सन् २०१८ मा लन्च गरिएको हतियारहरूको शृङ्खलाको एक भाग हो। रूसले पहिलो पटक सन् २०१६ मा सिरियामा आफ्नो सैन्य अभियानका क्रममा हाइपरसोनिक मिसाइल प्रयोग गरेको थियो।

रुस–युक्रेन युद्धले शीतयुद्धपछिको विश्वव्यापी सुरक्षा सहमतिलाई हल्लाएको छ, प्रमुख बालीहरूको विश्वव्यापी आपूर्तिमा अवरोध पुर्‍याएको छ र यसले आणविक दुर्घटना हुनसक्ने चिन्ता बढाएको छ।