• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज, चुनावी मन्थनमा केन्द्रित हुने



नेकपा एमालेकाे पार्टी कार्यालय थापाथली
नेकपा एमालेकाे पार्टी कार्यालय थापाथली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने तयारी भएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने र त्यसमाथि छलफल हुने प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो

बैठकमा पार्टीका विभागलाई पूर्णता दिने, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया तयार गर्ने, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ ।