१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकलाई बीमाको दायरामा ल्याउनु आवश्यक छः मुख्यमन्त्री भट्ट



अ+ अ-

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको सङ्घीयस्वरूप अनुसार आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । बीमा समितिको आयोजनामा बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तक्र्रियामा उहाँले बीमाका बारेमा फरकफरक बुझाइ भएकाले एकरूपता कायम गर्न बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । 

मुख्यमन्त्री भट्टले  यस प्रदेशमा बीमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकामा खुसी व्यक्त गर्दै विभिन्न प्रकोपका कारण हुने आर्थिक नोक्सानी कम गर्नका लागि बीमा गर्ने व्यवस्था उत्तम छ भन्नुभयोे । सोही प्रदेशका प्रमुख सचिव रामेश्वर दङ्गालले बीमा समितिको प्रादेशिक कार्यालय स्थापना पछि  प्रादेशिक सरकारसँग  समन्वयका लागि नीति बनाउनुपर्ने आवश्यकता औँल्याउँदै बीमाको विकास एवं विस्तारका लागि नेतृत्व लिन प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनतालाई बीमाको दायरामा ल्याउन प्रदेश सरकारले आर्थिक सहायता एवं अनुदानको व्यवस्था, बीमाको पहुँच विस्तारका लागि समन्वय गर्न सम्पर्क व्यक्ति तोक्न र प्रदेश बीमा नीति बनाउनुपर्नेमा जोड दिनुभयोे ।सहभागीहरुले बीमा कम्पनीले बीमा दाबी भुक्तानी दिन ढिलाइ गर्ने गरेको र बीमा भुक्तानी माग गर्ने प्रक्रिया झन्झटिलो रहेको गुनासो गरेका थिए ।