३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिएलएले बारको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्छ– डा शेखर कोइराला



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । 

नेपाली कांग्रेस निकट डिएलएले लोकतान्त्रिक कानून व्यवसायीहरुको पेशागत र बौद्धिक सङ्गठनका रुपमा नेपाल बार एसोसिएसनको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने उहाँको भनाइ थियो । 

नेपाल बार एसोसिएसनको निर्वाचनमा अन्य पार्टी निकट सङ्गठनसँग गठबन्धन वा तालमेल गरिनु हुँदैन भन्दै उहाँले यदि त्यसो गरिए डिएलएको पेशागत मर्म र मर्यादामा आँच आउने बताउनुभयो।