२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली उठे अध्यक्ष उठ्दिन, फेरी महासचिव हुन्न: ईश्वर पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दुईचोटी महासचिव भइसकेको भन्दै अब फेरि नदोहोरिने बताउनु भएको छ । दसैँको अवसरमा महासचिव पोखरेलले आइतबार सञ्चारकर्मीसंग शुभकामना आदानप्रदान गर्र्दै महासचिवमा नदोहोरिने  तर अध्यक्ष केपी शर्मा ओली नै हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, "एमालेको आउँदो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्ने गरी कुनै गतिविधि हुदैन ।" महासचिव पोखरेलले अहिले केपी ओली एकातिर र ओलीविरोधी सबै अर्कोतिर भएर मुलुकको राजनीति दुई ध्रुवमा बाँडिएको छ यस्तो अवसथामा पार्टीमा एकमतका साथ सबै अघि बढुनु पर्छ ।  

पोखरेलले भन्नुभयो- ओली अध्यक्षमा उठ्दा म त्यसको दाबेदार हुन्न । हामी सहमतिमा नेतृत्व छान्छौं ‘ । महासचिव पोखरेलले राजनीति  गञ्जागोलको अवस्थामा रहेको कारण यो भन्दा ताजा जनादेशमा जानु उपयुक्त भएको बताउनु भयो ।