२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको प्रतिनिधिमण्डलद्वारा बनारसको पशुपतिनाथ मन्दिर निरीक्षण



अ+ अ-

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमण्डलले आज बनारसस्थित ऐतिहासिक पशुपतिनाथ मन्दिरको निरीक्षण गरेको छ ।  नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा रहेको काँग्रेस नेताहरु उदश शमशेर राणा र अजय चौरसियासमेतको सो टोलीले बनारसस्थित करिब ३०० वर्ष पुरानो उक्त मन्दिरको निरीक्षण गरेको हो । 

भारतले बनाउन लागेको भनिएको हिन्दू करिडोरका क्रममा सो मन्दिर पर्नसक्ने भन्दै नेपाली समुदायले पहिलेदेखि नै चासो राख्दै आएको थियो । करिब ३०० वर्षअघि बनारसमा निर्माण भएको सो मन्दिर नेपाल भारतको धार्मिक तथा सांस्कृतिक एकताको धरोहर रहेको भन्दै उक्त सडक निर्माणका क्रममा सो मन्दिरलाई असर गर्न नहुने नेपालले बताउँदै आएको थियो ।

हिजोमात्र उत्तर प्रदेका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्ने क्रममा पनि डा महतसहितको काँग्रेसको प्रतिनिधिमण्डलले बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित हुनुसक्ने विषयमा चासो राखेको थियो । त्यस क्रममा मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र करिडोरको निर्माण सो मन्दिरलाई असर नगरी छेउबाट जाने जानकारी गाराउनुभएको थियो । 

डा महतले आइतबार भन्नुभयो– हामीले आज सो मन्दिरको निरक्षण गर्यौँ, मन्दिरलाई कुनै असर गर्नेगरी नभई सडक मन्दिर छेउबाटै जाने भएकाले बरु मन्दिरसम्म सडकको पहुँच पुग्ने अवस्था रहेको हामीले पायौँ । 

भारतीय जनता पार्टीको निमन्त्रणामा हात भारत भ्रमणमा रहेको डा महत नेतृत्वको सो प्रतिनिधिमण्डलले हिजोमात्र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ र शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको थियो । यस भ्रमण तथा भेटघाटबाट नेपाली काँग्रेस र भारतीय जनता पार्टी, नेपाल र भारत सरकार तथा नेपाल र भारतीय जनताबीचको जनसम्पर्क थप सुदृढ गर्न र विस्तार   गर्न सहयोग पुगेको डा महतले जानकारी दिनुभयो । (रासस)