१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

आयल निगमले बढायो इन्धनको मूल्य, पेट्रोल अब १५० रुपैयाँ, डिजेल १३३ रुपैयाँ प्रति लिटर

आयल निगमले बढायो इन्धनको मूल्य, पेट्रोल अब १५० रुपैयाँ, डिजेल १३३ रुपैयाँ प्रति लिटर
अ अ+ अ-

काठमाडौंः अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपाल आयल निगमले आज बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रति लिटर पाँच रुपैयाँ मूल्यवृद्धि गरेको छ भने हवाई इन्धनमा पनि मूल्य समायोजन गरिएको छ ।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोल प्रति लिटर रु. १५० र डिजेल १३३ कायम भएको छ । तर खाना पकाउने एलपी ग्याँसको मूल्यमा प्रति सिलिन्डर ६६५ घाटा भए पनि यसको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । 

पछिल्लो समय रसिया र युक्रेनबीच युद्ध शुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० पुगिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यसैबीच, निगम संचालक समितिले मूल्य समायोजनसँगै निगमका स्थायी कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने तथा मूल्य संरचना मार्फत प्रतिशतमा दिइँदै आएको विक्रेता कमिसनलाई हाललाई २०७८ फागुन ७ मा कायम भए अनुरुप यथावत राख्ने निर्णय गरेको छ ।

निगमले मूल्य समायोजन गरिए पनि १५ दिनमा निगमलाई २ अर्ब ५० करोड घाटा लाग्ने जनाएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा निगमलाई करिब २८ अर्ब नोक्सानी हुने देखिएपछि भारतीय आयल निगमलाई भुक्तान गर्नुपर्ने करिब पाँच अर्ब रुपैयाँ निगमले नेपाल सरकारसँग माग गर्न लागेको पनि निगमको भनाई छ ।