६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगमले बढायो इन्धनको मूल्य, पेट्रोल अब १५० रुपैयाँ, डिजेल १३३ रुपैयाँ प्रति लिटर



अ+ अ-

काठमाडौंः अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपाल आयल निगमले आज बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रति लिटर पाँच रुपैयाँ मूल्यवृद्धि गरेको छ भने हवाई इन्धनमा पनि मूल्य समायोजन गरिएको छ ।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोल प्रति लिटर रु. १५० र डिजेल १३३ कायम भएको छ । तर खाना पकाउने एलपी ग्याँसको मूल्यमा प्रति सिलिन्डर ६६५ घाटा भए पनि यसको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । 

पछिल्लो समय रसिया र युक्रेनबीच युद्ध शुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० पुगिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यसैबीच, निगम संचालक समितिले मूल्य समायोजनसँगै निगमका स्थायी कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने तथा मूल्य संरचना मार्फत प्रतिशतमा दिइँदै आएको विक्रेता कमिसनलाई हाललाई २०७८ फागुन ७ मा कायम भए अनुरुप यथावत राख्ने निर्णय गरेको छ ।

निगमले मूल्य समायोजन गरिए पनि १५ दिनमा निगमलाई २ अर्ब ५० करोड घाटा लाग्ने जनाएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा निगमलाई करिब २८ अर्ब नोक्सानी हुने देखिएपछि भारतीय आयल निगमलाई भुक्तान गर्नुपर्ने करिब पाँच अर्ब रुपैयाँ निगमले नेपाल सरकारसँग माग गर्न लागेको पनि निगमको भनाई छ ।