१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

विज्ञापन आचारसंहिता नियन्त्रण गर्ने नभइ नियमनको लागि: अध्यक्ष लक्ष्मण हुमागाँई

विज्ञापन आचारसंहिता  नियन्त्रण गर्ने नभइ नियमनको लागि:  अध्यक्ष लक्ष्मण हुमागाँई
अ अ+ अ-

काठमाडाैं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापनसम्बन्धी आचारसंहिता सञ्चारमाध्यमहरुलाई नियन्त्रण गर्ने नभइ नियमनको लागि बनाइएको बताउनु भएको छ ।बिहीवार विभिन्न सञ्चारमाध्यमसँगको छलफलपछि अध्यक्ष हुमागाँईले यस्तो बताउनु भएको हो । उहाँले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरुलाई अन्त्य गर्न सहयोग गर्ने बताउनु भयो ।

अध्यक्ष हुमागाँईले आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाउने बताउनु भयो । उहाँले आजको छलफलमा विज्ञापन दाताहरुलाई छनोटको सुविधा उपलब्ध हुनुपर्ने र उपभोक्ताहरुलाई प्रतिकुल हुने गरी विज्ञापन गर्न नहुने विषयको बारेमा छलफल गरिएको बताउनु भयो ।अध्यक्ष हुमागाँईले भन्नुभयो, ‘विज्ञापन बोर्डले अहिले विज्ञापनको आचारसंहिता सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरिरहेको छ । खास गरेर विज्ञापन चक्रमा सहभागी, विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम र उपभोक्ता, यो चार पक्षसँगको छलफलका क्रममा अहिले हामीलाई केही महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । विज्ञापन एजेन्सीहरुले सञ्चारमाध्यमसँग पठाउँदा कुन विधि अपनाउने ? सञ्चारमाध्यमहरुले कसरी त्यसको प्रशारण गर्ने ? उपभोक्ताको हितलाई कसरी संरक्षण गर्ने ? भन्ने विषयमा नै हामीले छलफल केन्द्रित गरेका छौँ ।

विज्ञापनको आचारसंहिताले विज्ञापनको गुणस्तर वृद्धि गर्न, विज्ञापन बजारको नियमन गर्न, विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरुलाई अन्त्य गर्नको लागि मद्दत गर्छ भन्ने हामीलाई लागेको छ । विज्ञापन आचारसंहिता विज्ञापन बजारलाई अंकुशन गर्न, संकुचन गर्न, निण्न्त्रण गर्नको लागि आएको होइन, यसले खास गरेर विज्ञापन बजारमा भएका केही गलत प्रवृत्तिहरुलाई अन्त्य गर्न र विज्ञापन बजारलाई व्यवस्थित पारदर्शी बनाउनको लागि आएको हो । यसको मुख्य मोटो भनेकै विज्ञापन बजारलाई पारदर्शी बनाउनु हो । विज्ञापन दाताहरुलाई छनोटको सुविधा उपलब्ध हुनुपर्ने र उपभोक्ताहरु त्यसबाट ठगिनु नहुने वा उपभोक्ताहरुलाई प्रतिकुल हुने गरी विज्ञापन गर्न नहुने विषय नै मुख्य जोड हो ।’

अध्यक्ष हुमागाँईले केही सञ्चारमाध्यमहरुलेआफू स्वनियममा बस्छु भनेपनि आफूखुशी विज्ञापनका दररेटहरु कायम गर्ने गरेको बताउनु भयो । उहाँले समस्या विज्ञापन एजेन्सीमा मात्र नभएको भन्दै सञ्चारमाध्यम र विज्ञापन दातामा पनि समस्या भएकोले यसलाई नियमन गर्न कुनै एक  पक्षको मात्रै सहभागिताले सफल नहुने बताउनु भयो ।