२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसद्वारा युक्रेनमाथिको आक्रमणको विरोधमा कूटनीतिकज्ञहरुको भेला



अ+ अ-

काठमाडौ । रुसद्वारा युक्रेनमाथिको आक्रमणको विरोधमा बिहिबार अमेरिकी राजदूत सहित केही कुटनतिज्ञहरुले बौद्धस्तूपमा दिप  प्रज्वलन गर्नुभएको छ ।  बौद्धनाथ स्तूपमा अमेरिकी राजदूत र्‍यान्डी बेरी, युक्रेनका लागि अवैतनिक महावाणिज्यदूत किरण वैद्य र नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू  भेला हुनुभएको थियो ।

भेलामा युक्रेनका जनता, त्यहाँको सार्वभौमसत्ता र त्यहाँको भौगोलिक अखण्डताप्रति  अमेरिका, संयुक्त अधिराज्य बेलायत, नर्वे, फिनल्याण्ड, युरोपेली संघ, अष्ट्रेलिया, न्यूजिल्याण्ड, स्विट्जरल्याण्ड, जर्मनी, जापान, दक्षिण कोरिया, इजरायलका राजदूतहरू, अन्तर्राष्ट्रिय श्रम संगठनका निर्देशक, तथा न्युजिल्यान्ड, र लात्भियाका अवैतनिक महावाणिज्य दूतहरू आआफ्नो समर्थन जाहेर गर्नु भएको थियो ।

उनिहरुले आक्रमणको एक हप्तामा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा मैनबत्ती बालेर मौनधारण गर्नुभएको थियो ।  कार्यक्रममा युक्रेनी राष्ट्रगान 'युक्रेन अझै नष्ट भएको छैन' बजाइएको थियो भने विभिन्न राजदूतहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विगत सात दिनमा गरेका विद्रोही भाषणका अंशहरू पढेर सुनाउनुभएको थियो।