• ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
  •   Unicode
Logo
Latest
★   सडक व्यापार व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिन मिल्दैन: सुनिता डंगोल ★   भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने ★   कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ★   कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ★   सडकमै सुतेर शिक्षकहरुले गरे आन्दोलन– तस्बिरहरु ★   धावक बैकुण्ठ मानन्धरलाई १५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान-२०८०’ प्रदान गरिने ★   कुलेश्वरमा ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल ★   माल्दिभ्सविरूद्ध नेपाललाई २-० को अग्रता ★   गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’ ★   मलङ्गवामा निषेधाज्ञा राति मात्र

रुसद्वारा युक्रेनमाथिको आक्रमणको विरोधमा कूटनीतिकज्ञहरुको भेला



काठमाडौ । रुसद्वारा युक्रेनमाथिको आक्रमणको विरोधमा बिहिबार अमेरिकी राजदूत सहित केही कुटनतिज्ञहरुले बौद्धस्तूपमा दिप  प्रज्वलन गर्नुभएको छ ।  बौद्धनाथ स्तूपमा अमेरिकी राजदूत र्‍यान्डी बेरी, युक्रेनका लागि अवैतनिक महावाणिज्यदूत किरण वैद्य र नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू  भेला हुनुभएको थियो ।

भेलामा युक्रेनका जनता, त्यहाँको सार्वभौमसत्ता र त्यहाँको भौगोलिक अखण्डताप्रति  अमेरिका, संयुक्त अधिराज्य बेलायत, नर्वे, फिनल्याण्ड, युरोपेली संघ, अष्ट्रेलिया, न्यूजिल्याण्ड, स्विट्जरल्याण्ड, जर्मनी, जापान, दक्षिण कोरिया, इजरायलका राजदूतहरू, अन्तर्राष्ट्रिय श्रम संगठनका निर्देशक, तथा न्युजिल्यान्ड, र लात्भियाका अवैतनिक महावाणिज्य दूतहरू आआफ्नो समर्थन जाहेर गर्नु भएको थियो ।

उनिहरुले आक्रमणको एक हप्तामा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा मैनबत्ती बालेर मौनधारण गर्नुभएको थियो ।  कार्यक्रममा युक्रेनी राष्ट्रगान 'युक्रेन अझै नष्ट भएको छैन' बजाइएको थियो भने विभिन्न राजदूतहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विगत सात दिनमा गरेका विद्रोही भाषणका अंशहरू पढेर सुनाउनुभएको थियो।