१ भाद्र २०८३, सोमबार
,
Latest
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैनः सभापति थापा मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध रास्वपामा कुनै गुट छैनः सभापति लामिछाने स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेसिबी दुर्घटनामा सहचालकको मृत्यु



अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१२ को खहरेस्थित केराबारीमा जेसिबी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी जेसिबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नपा ६ बस्ने १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो ।

निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा आज बिहान बा२क ६६१८ नंको जेसिबी माटो भासिन गई सडकबाट अन्दाजी १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । 

जेसिबीका चालक बाँके राप्तीसोनारी गाउँपालिका–४ बस्ने वर्ष २२ को प्रकाश चौधरी भने सकुशल रहेका छन् । चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ थियो ।