१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रहरी हौं’ भन्दै लुटपाट गर्ने समूह पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले जबर्जस्ती लुटपाट गर्ने कार्यमा संलग्न रहेका ८ जनाको समूहलाई पक्राउ गरेको छ । फागुन १२ गते साँझ साढे सात बजेको समयमा काठमाडौंको नयाँबजारस्थित समृध फार्मेसीका सञ्चालक राजेन्द्र साँकीलाई 'हामी प्रहरी हौं, तपाईको पसलमा अबैध औषधी बिक्री बितरण गर्ने गरेको सुचना आएकाले हामी खानतलासी गर्न आएका हौं' भनी पसल सञ्चालकलाई नियन्त्रणमा लिई सो लुटेरा समूहले लुटपाट गरेका थिए । 

लुटेराको उक्त समूहले पसलको काउन्टरमा भएको नगद, सामसुङ एस २० प्लस मोबाइल, घडी, बैक खाता तथा ई–सेवाबाट पठाएको ६५ हजार नगद लुटपाट गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । लुटेराहरुलाई चोरी गरेर लगेका सामानसहित प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा जुम्ला स्थायी ठेगाना भएका २६ वर्षीय देबि प्रसाद धिताल, धादिङ स्थायी ठेगाना भएका ३० वर्षीय शंकर रेग्मी, डडेल्धुराका २८ वर्षीय हिक्मत महता, कञ्चनपुरका २७ वर्षीय सुबास रतोकी, कञ्चनपुरकै ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय लिम्बु भनिने भविन्द्र बेगा, दैलेखका २७ वर्षीय जिवन भनिने योगेन्द्र बहादुर चन्द, प्युठानका २१ वर्षीय संगित थापा भन्ने कमल सुनार रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।