
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले समाजमा पीडितले ‘पीडित हुँ’ भन्न पनि ठूलै हिम्मत बोकेर आउनुपर्ने विडम्बना रहेको बताएकी छन् ।
पल शाह प्रकरणबारे टिप्पणी गर्दै अभिनेत्री कार्कीले नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै नसक्ने उनले प्रतिक्रिया दिएकी छन् ।
‘नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन। प्रियंकाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।'