८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावामा हुने कार्बनबाट बने हीरा !



अ+ अ-

एजेन्सी । २५ हजार अमेरिकी डलर पर्ने यो हीरा हावामा हुने कार्बनबाट बनेको हो । एथेर डायमन्ड्सले भने- हावाबाट सङ्कलित कार्बनबाट हीरा बनाउने हामी पृथ्वीकै पहिलो र एक मात्र उत्पादक हौँ ।  यसको अर्थ हीरामा हुने कार्बनका प्रत्यक अणुले पृथ्वीलाई तताइरहेको थियो । कार्बन सोस्ने प्रविधिले हावाबाट कार्बन डाईअक्साइड छुट्टाउँछ।

यो ग्यास जलवायु परिर्वतनको ठूलो कारक तत्व हो । उहाँले भन्नुभयो, अहिले कार्बनबाट वस्तु निर्माण गर्ने कम्पनीहरुमा करोडौँ डलर लगानी गर्न थालिएको छ । त्यस्ता वस्तुमा हीरा, खेल सामाग्री र भवन निर्माण सामाग्री पर्छन् । हामीले थाहा पायौँ कि उपभोक्ताहरु पृथ्वीका लागि उपयोगी हुनेगरी उत्पादन गरिएका हाम्रा हीरालाई बढी मूल्य तिर्न तयार छन् । साथै यसले बजारमा हामीलाई एक प्रकारको प्रतिस्पर्धात्मक शक्ति दिन्छ ।

तर अन्य विज्ञहरु कार्बन डाईअक्साइडको प्रदुशन कम गर्न जोड दिनुपर्ने बताउँछन् । पृथ्वीको तापक्रम बढिरहँदा ८० करोड डलर लगानी भइसकेको हुँदा यो प्रविधि जलवायु परिर्वतनको छलफलको अंश बन्ने देखिन्छ ।