• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

हावामा हुने कार्बनबाट बने हीरा !



एजेन्सी । २५ हजार अमेरिकी डलर पर्ने यो हीरा हावामा हुने कार्बनबाट बनेको हो । एथेर डायमन्ड्सले भने- हावाबाट सङ्कलित कार्बनबाट हीरा बनाउने हामी पृथ्वीकै पहिलो र एक मात्र उत्पादक हौँ ।  यसको अर्थ हीरामा हुने कार्बनका प्रत्यक अणुले पृथ्वीलाई तताइरहेको थियो । कार्बन सोस्ने प्रविधिले हावाबाट कार्बन डाईअक्साइड छुट्टाउँछ।

यो ग्यास जलवायु परिर्वतनको ठूलो कारक तत्व हो । उहाँले भन्नुभयो, अहिले कार्बनबाट वस्तु निर्माण गर्ने कम्पनीहरुमा करोडौँ डलर लगानी गर्न थालिएको छ । त्यस्ता वस्तुमा हीरा, खेल सामाग्री र भवन निर्माण सामाग्री पर्छन् । हामीले थाहा पायौँ कि उपभोक्ताहरु पृथ्वीका लागि उपयोगी हुनेगरी उत्पादन गरिएका हाम्रा हीरालाई बढी मूल्य तिर्न तयार छन् । साथै यसले बजारमा हामीलाई एक प्रकारको प्रतिस्पर्धात्मक शक्ति दिन्छ ।

तर अन्य विज्ञहरु कार्बन डाईअक्साइडको प्रदुशन कम गर्न जोड दिनुपर्ने बताउँछन् । पृथ्वीको तापक्रम बढिरहँदा ८० करोड डलर लगानी भइसकेको हुँदा यो प्रविधि जलवायु परिर्वतनको छलफलको अंश बन्ने देखिन्छ ।