
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको बैठकमा विभिन्न ६ वटा एजेण्डा तय भएको छ । तय भएका एजेण्डाहरुमा पहिलो नम्बरमा शहीदप्रति श्रद्धाञ्जली दिइने उल्लेख छ भने दोस्रो नम्बरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकातर्फबाट रिपोर्टिङ गर्ने र अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौताबारे छलफल गर्ने उल्लेख छ ।
यस्तै, सांगठानिक एजेण्डाअन्तर्गत केन्द्रीय सदस्य थप र पोलिटब्यूरो, स्थायी कमिटी साथै पदाधिकारी चयनबारे छलफल गरिनेछ । कार्यविभाजनसँगै स्थानीय चुनावकेन्द्रित एजेण्डामा पनि बैठकमा छलफल हुने कार्यसूची तय भएको बताइएको छ ।
एमसीसी अनुमोदन गर्न पार्टीले सघाएको विषयलाई लिएर माओवादीभित्र बहस र अन्तरविरोध भइरहेका बेला केन्द्रीय समितिको बैठकमा यसलाई प्राथमिकतामा राखिएको माओवादी नेताहरु बताउँछन् ।