८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध १४ सडक खुलाइँदै



अ+ अ-

काठमाडौँ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरि १४ वटा सडक अवरुद्ध भएका छन् । अनपेक्षित रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठूलो क्षति पुर्याएको सडक विभागले जनाएको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडक विभागको रेकर्डमा कात्तिक महिनामा वर्षाका कारण राजमार्ग तथा सडकमा यति ठूलो मात्रामा क्षति पुगेको पहिलो पटक भएको जानकारी दिनुभयो ।

वर्षाका कारण जयपृथ्वीबहादुर सिंह मार्गको खोर्पेदेखि बझाङसम्म, सेती राजमार्गको डडेल्धुराबाट डोटी जाने सडक ठाउँठाउँमा अवरुद्ध भएको महानिर्देशक थापाले जानकारी दिनुभयो । त्यसैगरी उहाँले साँफेबगरबाट मार्तडी जाने सडक पुनः अवरुद्ध भएको बताउनुभयो । यसअघिको वर्षायाममा अवरुद्ध भएको सो सडक एक महिनाअघि मात्र सञ्चालनमा आएको थियो । उहाँले महाकाली राजमार्गअन्तर्गत धनगढीदेखि डडेल्धुरासम्म ठाउँठाउँमा अवरुद्ध भएको सडक सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । त्यसैगरी हुलाकी राजमार्गअन्तर्गत कैलालीको टीकापुर–राजापुर खण्डको सतीघाट भन्ने ठाउँमा ठूलो क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो । 

महानिर्देशक थापाका अनुसार बेँसीसहर चामेबाट मनाङ जाने सडक पुनः अवरुद्ध भएको छ । वर्षाले क्षति भएको यो सडक दुई महिनाअघि मात्र सञ्चालनमा आएको थियो । त्यसैगरी मुस्ताङ जाने सडकको काभ्रेभीर भन्ने ठाउँमा सडक अवरुद्ध भएको छ । केही दिनको वर्षाका कारण मुलुकभरि सञ्चालनमा आइसकेका कुनै पनि पुलमा अहिलेसम्म क्षति नपुगेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले वर्षाले क्षति भएका राजमार्ग तथा सडकमा अबको पाँच दिनभित्र आवागमन हुने गरी मर्मत कार्य सुरु भइसकेको जानकारी दिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।