१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

१३० रूसी बसहरू भारतीय विद्यार्थी र अन्य विदेशीको लागि तयार

१३० रूसी बसहरू भारतीय विद्यार्थी र अन्य विदेशीको लागि तयार
अ अ+ अ-

काठमाडौं । १३० ओटा रुसी बसहरु युक्रेनको खार्किभ र सुमीबाट भारतीय विद्यार्थी र अन्य विदेशीहरूलाई रुसको बेल्गोरोड क्षेत्रमा लैजान तयार रहेका रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख कर्नेल जनरल मिखाइल मिजिन्त्सेभले बिहीबार घोषणा गर्नुभएको छ ।

भारतीय विद्यार्थी र अन्य विदेशी राज्यका नागरिकहरूलाई उद्धार गर्न आज बिहान ६ बजेदेखि बेल्गोरोड क्षेत्रको नेखोतेयेभका र सुड्झा चेकपोस्टबाट कूल १३० वटा आरामदायी बस खार्किभ र सुमी जाने तयारीमा छन्,“ उहाँ भन्नु भएको छ । 
 चेक प्वाइन्टमा अस्थायी बसोबास र आरामका लागि ठाउँ पनि तोकिएको बताइएको छ । शरणार्थीहरूलाई तातो खाना उपलब्ध गराइनेछस रुसी समाचार एजेन्सी तासले जनाएको छ ।  त्यहाँ औषधिको भण्डारसहित मोबाइल क्लिनिकहरू पनि स्थापना गरिएको छ ।

विस्थापितहरुलाई त्यसपछि बेलगोरोड सहरमा पठाइनेछ र त्यसपछि रुसी सैन्य विमानहरू लगायत हवाई मार्गबाट तिनीहरूको मातृभूमि प्रस्थान गर्नका लगाइने छ “ जनरल मिजिन्त्सेभले भन्नु भएको छ ।र सियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि  सैन्य आक्रमण शुरु भएको घोषणा गर्नुभएको थियो । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गर्नुभएको थियो । रुसी सेनाले राजधानी किभलगायत अन्य विभिन्न स्थानमा पनि आक्रमण गरेको पाइएको छ ।  

यसैबीच संयुक्त राष्ट्रसंघले रुसको सैन्य कारबाहीका कारण युक्रेनबाट अहिले १० लाख मानिस पलायन भएको जनाएको छ । रासस/एएनआई