१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

एमसीसी र पदाधिकारी चयनबारे के भन्छन् माओवादीका केन्द्रिय सदस्यहरु ?

एमसीसी र पदाधिकारी चयनबारे के भन्छन् माओवादीका केन्द्रिय सदस्यहरु ?
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् । 

शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएका हुन । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पास गर्नु उचित भएको बताउनु भयो । उहाँले नेपालीहरुले अमेरिकालाई साम्राज्यवाद र भारतलाई बिस्तारवादी देख्ने कोण बदलेर अघि बढ्नुुपर्ने बताउनु भयो । केन्द्रिय सदस्य क्षेत्रीले पदाधिकारीको बारेमा पार्टीमा ठूलो झमेला नरहेको पनि स्पष्ट पार्नुभयो ।

केन्द्रिय सदस्य क्षेत्रीले भन्नुभयो, ‘एमसीसीको बारेमा हामीले पहिल्यै नेकपा हुने बेलामा पनि हामी एउटा कमिटी बनाएका थियाँै झलनाथ खनालको नेतृत्वमा । त्यसले सुझाव दिएको थियो । माओवादी पार्टीले एमसीसी संशोधन बिना यथास्थितिमा पास गर्नुहुन्न भनेर हामीले अधिवेशन पनि पास गरेको स्थिति हो । अहिले जसरी बहस उठ्यो गठबन्धन भित्र त्यसलाई हामीले धेरै कोणबाट छलफल ग¥यौं । व्याख्यांससहित भनेको अन्तर्राष्ट्रिय सन्धि, नियमानुसार, व्याख्यांशलाई स्वीकार गरेमात्र नै त्यसलाई लागू हुनसक्ने, त्यो भएन भने ३० दिनभित्रमा त्यसलाई लागू नहुनसक्ने प्रावधानलाई हामीले धेरै छलफल ग¥यौं । अहिले सदनले त्यसलाई पास गरेको छ । एकथरि साथीहरुले त्यसलाई बिरोध गरिरहनु भएको छ । नेपालीहरुको एउटा सोच कस्तो भयो भने हामी अमेरिकालाई सधैँ साम्राज्यवाद देख्ने, भारतलाई सधैँ बिस्तारवाद देख्ने कोण जो बन्यो, त्यसले गर्दा थुप्रै सम्झौताहरु विश्व बैंकका सम्झौताहरुसँग यूएनडिपीका सम्झौताहरु, जायिका, एशिया डेभलपमेण्ट बैंकका सम्झौताहरु छन् । केही न केही सम्झौता नगरी हामीले गरेका छैनौँ । अमेरिकाकै गर्न हुँदैन भन्ने पक्षमा हामी छैनौँ । त्यही रुपमा हामीले छलफल अघि बढाएका छौँ र व्याख्यात्मकसहतिको एमसीसी पारित गरेका छौँ । अमेरिकाले पनि स्वीकार गरेको छ । यो ठिक हो भन्ने लागेको छ । पदाधिकारीको बारेमा हाम्रो ठूलो अड्चन झमेला छैन ।’

त्यस्तै पार्टी केन्द्रिय सदस्य नारायण दाहालले महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन नभनेको स्पष्ट पार्नुभयो । उहाँले संशोधनपछि एमसीसी पास गर्नसक्ने कुरा महाधिवेनले निर्णय गरेको र सोही अनुसार नै एमसीसी पास भएको दाबी गर्नुभयो । केन्द्रिय सदस्य दाहालले शुरुमा आएको एमसीसीको ठोस र मूर्त रुप अहिलेको व्याख्यात्मक घोषणाले संशोधन गरेर दिएको बताउनु भयो । उहाँले व्याख्यात्मक घोषणाबाट पास गरिएको एमसीसीलाई अमेरिकाले स्वीकारे मानो खोज्दा पाथी फेला पर्ने टिप्पणी गर्नुभयो । पदाधिकारीको विषयमा भने जतिसक्दो चाँडो टुंगो लगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

केन्द्रिय सदस्य दाहालले भन्नुभयो, ‘पहिलो कुरा के बुझ्न जरुरी छ भने महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन, गर्ने नै होइन भनेको हुँदै होइन । यो भ्रम छ जस्तो लाग्यो । महाधिवेशनमा परिमार्जनसहितको अनुमोदन गर्ने भन्ने कुरा हो । अहिले व्याख्यात्मक घोषणा जो भएको छ र त्यसका क्रिया, प्रतिक्रिया यहाँसम्म आइरहेका छन्, त्यसबाट महाधिवेशनले जे भनेको थियो, त्यो भन्दा अलिकति पनि दायाँबायाँ छ भन्ने मलाई लाग्दैन । एमसीसी जसरी आएको थियो, त्यसको संशोधनको ठोस र मूर्त रुप अहिलेको व्याख्यात्मक घोषणाले दिएको छ । महाधिवेशनले भनेको दिशातिर नै अघि बढेको छ । अब कुटनैतिक संघर्ष बाँकी छ उताबाट अनुमोदन गराउन । व्याख्यात्मक घोषणालाई मिलेनियम च्यालेन्ज कर्पोरेशनले मान्यो भने मलाई लाग्छ, हामीले खोजेको मानो र पाएको पाथी जस्तो हुन्छ । पदाधिकारीको चयन जतिसक्दो छिटो गर्दा राम्रो हुन्छ ।’

त्यस्तै केन्द्रिय सदस्य कुमार पौडेलले व्याख्यात्मक घोषणासहित सदनबाट पास भएको एमसीसी पार्टीको मूल्य र मान्यता बमोजिम रहेको बताउनु भयो । उहाँले पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि एमसीसी पारित गर्नु व्यवहारिक भएको उल्लेख गर्नुभयो । केन्द्रिय सदस्य पौडेलले व्याख्यात्मक घोषणासहित पास भएको एमसीसीले देशलाई अध्यारोमा जानबाट रोकेको बताउनु भयो । उहाँले सहमतिको आधारबाट पदाधिकारी चयन हुनुपर्ने र सम्भवतः आज नै त्यसको टुंगो लाग्ने पनि बताउनु भयो ।

केन्द्रिय सदस्य पौडेलले भन्नुभयो, ‘हाम्रो पार्टीको ८ औँ महाधिवेशनले एमसीसी बारेमा जुन निर्णय गरेको थियो । त्यो निर्णयको विषयमा भर्खरै सदनबाट पारित भएको एमसीसीको व्याख्यासहितको सदनमा जुन निर्णय भएको छ, त्यो पार्टीले अघि सारेको मूल्य र मर्ममा नै आधारित छ । पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि व्याख्यात्मक सहमति व्यवहारिक छ । यो भन्दा अर्को उत्तम हुनसक्ने अवस्था हुँदैन थियो । त्यो नभएको भए गठबन्धन टुट्थ्यो, एमसीसी पास हुन्थ्यो र फेरि केपी ओलीको नेतृत्वमा वा प्रतिगमनकारीको नेतृत्वमा देश पछि फर्किन सक्थ्यो । अध्यारो सुरुङ्गबाट देशलाई जानको लागि हाम्रो पार्टीको नेतृत्वले जुन किसिमको कुशलपूर्वक मिहेनत ग¥यो त्यसलाई नेतृत्वप्रति आभार व्यक्त गर्नुपर्छ । आजको बैठकबाट पदाधिकारीको चयन सम्भव हुनसक्ला । समयको पावन्दी आदि इत्यादी भयो भने नहुन पनि सक्ला । सहमतिको आधारबाट पदाधिकारी चयन हुनुपर्छ ।’

त्यस्तै अर्का केन्द्रिय सदस्य लेखनाथ दाहालले १२ बुँदे व्याख्यात्मक घोषणा परिमार्जनकै अर्को रुप भएको बताउनु भयो । उहाँले व्याख्यात्मक घोषणासहितको पासले केही समस्या समाधान गरेको भन्दै राष्ट्रहित विपरितका मुद्दाहरु संशोधन गरेर नै व्याख्यात्मक घोषणा पास गरिएको बताउनु भयो ।

केन्द्रिय सदस्य दाहालले भन्नुभयो, ‘यो एमसीसीको विषय महाधिवेशनमा पनि उठेको विषय हो । परिमार्जनसहित एमसीसीको म्याण्डेट दिएको हो महाधिवेशनले । जो राष्ट्रघाती मुद्दा छन्, नेपाललाई नेपालको रुपमा नस्वीकारेका विषयहरु छन् ती विषय हट्नुपर्छ भन्ने हाम्रो महाधिवेशनको मान्यता हो । त्यो १२ बुँदे व्याख्यात्मक घोषणाभित्र नै त्यो पर्छ । ११ बुँदे घोषणापत्र एक किसिमले परिमार्जन नै हो । यसले समस्या समाधान ग¥यो । महाधिवेशन पछि एमसीसीले राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको थियो । यसलाई किनारा नलगाइकन बैठक बस्न सकेन । बैठक नबसेपछि पदाधिकारी चयन हुन सकेन । सर्वसम्मत भएन भने निर्वाचनको विधिबाट पनि नेतृत्व चयन गर्नुपर्छ ।’

केन्द्रिय सदस्य दाहालले एमसीसी पास भएपछि पार्टीमा केही अन्तरविरोधहरु देखा परेको उल्लेख गर्दै केन्द्रिय समिति बैठकले समाधान गर्ने बताउनु भयो । उहाँले सर्वसम्मत रुपमा पार्टी पदाधिकारीको चयन हुनुपर्ने र त्यसो नभए निर्वाचन प्रक्रियाबाट पनि पदाधिकारी चयनको प्रक्रियालाई मूर्तरुप दिनुपर्ने बताउनु भयो ।