१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

गुरुकुलमा सबैले वेद, पुराण पढ्न पाउनुपर्ने समानता अभियान नेपालको माग

गुरुकुलमा सबैले वेद, पुराण पढ्न पाउनुपर्ने समानता अभियान नेपालको माग
अ अ+ अ-

काठमाडौं । समानता अभियान नेपालले गुरुकुलमा सबैले वेद, पुराण पढ्न पाउनुपर्ने माग गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्र्दै अभियानले गुरुकुलमा जातिय विभेद अन्त्य गरेर सबैले वेद र पुराण पढ्न पाउनुपर्ने माग गरेको हो । 

कार्यक्रममा पुर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता शंकर भण्डारीले वेदलाई आधुनिक विज्ञानले पनि ज्ञान र विज्ञानको सृष्टिको रुपमा परिभाषित गरेको बताए । भण्डारीले वैदिक सनातन धर्मलाई नै हिन्दुधर्म भनिने पनि स्पष्ट पारे । उनले भने,‘उच्च जात भनेर ब्राह्मण भनियो र उनीहरुलाई उच्च स्थान दिइयो तर कामी र दमाईबीचको विभेद के हो ? उहाँहरुबीच किन विवाह हुँदैन् ।’

मानवको रुप लिएपछि दुईवटा कर्म हुने उल्लेख गर्दै उनले भने,‘एउटा जन्मदिने आमा बुवाप्रतिको कर्म र अर्को जन्मिएको माटोप्रतिको कर्म ।’ मातृभुमिको पवित्रतालाई दुषित बनाउन खोजिएको र त्यसको दुश्प्रभाव अहिलेको अवस्था सिर्जना भएको उनको धारणा छ । 

भण्डारीले कर्म अनुसारको पहिचान हुनुपर्ने बताए । वैदिक सनातन धर्मको आधार चाहीँ नेपाल नै भएको उनको दाबी छ । तर अभ्यासमा त्रुटि भएको उनले स्वीकार गरे । उनले भने,‘यो वेदव्यास जन्मिएको भुमि हो, गौतम बृद्ध जन्मिएको भुमि हो ।’ संसारका १० औं करोड व्यक्तिहरु धार्मिक पर्यटनको लागि नेपाल आउने भएपनि त्यसको बारेमा कहिल्यै बहस नभएको भण्डारीको गुनासो छ । 

यसैगरी, वाचन शिरोमणी दिनबन्धु पोखरेलले छुवाछुत शब्द हिन्दु धर्ममा नभएको स्पष्ट पारे । उनले संसारमा जात भन्ने वास्तवमा मानव जाति मात्र भएको उल्लेख गरे । मानवको एउटै मात्र जात हुने तर पहिचान भने भिन्न हुने उनको भनाई थियो । 

पोखरेलले जातियताभन्दा पनि जातबारे समुदायमा विभेद भएको स्वीकार गरे । केही व्यक्तिले जातको कुरा उछालेर समूदायमा विकृति र विसंगती भित्र्याएको उनले आरोप लगाए । उनले भने,‘यो विसुद्ध रुपमा पाखण्डपन हो ।’ जन्मँदा जो पनि सामान्य हुने र कामले मात्र विद्धान हुने उनले धारणा राखे । गुरुकुल समावेशी गुरुकुल हुनुपर्ने र सबैले पढ्न पाउनुपर्नेमा उनको जोड थियो । उनले आफुले विभिन्न स्थानमा समावेशी आश्रम खोेलेको पनि सुनाए । 

उनले गुरुकुलमा समावेशिताको  विषय उठाउनेलाई सधँै सम्मान रहने पनि स्पष्ट पारे । वेदमा भएका सबै विषयहरु अत्यधिक व्यवहारिक भएको सुनाए । राज्यले पनि गुरुकुलमा समावेशिताको लागि विशेष पहल गर्नुपर्ने उनले बताए । कुनै जातिलाई जातकै आधारमा विभेद गर्न नमिल्ने र यसको अन्त्य गर्नैपर्ने बताए । उनले भने,‘जसले विभेद गर्छ त्यो पाप हो ।’ 

कार्यक्रममा बोल्दै नेपाल दलित पार्टीका केन्द्रीय अध्यक्ष मेघबहादुर कामीले आफ्नो पार्टीले मानववादी सिद्धान्त लिएर आएको र पार्टीभित्र जातिय विभेद नहुने स्पष्ट पारे । उनले सबै श्रमजिवीको सम्मान गर्नुपर्ने धारणा राखे । सबै जातिले गुरुकुलमा पढ्न पाउनुपनेर्मा उनले जोड दिए । वर्णश्रम व्यवस्था नै जात व्यवस्था भएको जिकिर गर्दैै उनले पृथ्वीमा मानव जात, बृक्ष, पशु र पंक्षी गरी मात्र चार जात भएको बताए । यी कुरालाई धर्म संस्कारले नै बिगारेको पनि उनले आरोप लगाए । धर्ममा भएका बिसंगतिलाई हटाएमा मात्र जातिय विभेद अन्त्य हुने उनको भनाई थियो । 

पत्रकार सम्मेलनमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले ब्राह्मण जातियताको आधारले नभई मानिसहरुको योग्यता र क्षमताको आधारमा हुनुपर्ने बताए । नेपालमा जातिय विभेदले जरा गाडेको भन्दै यसलाई अन्त्य गर्नपर्ने उनले धारणा राखे । भगवानको मुर्ति बनाउनेलाई नै जातिय विभेद गर्नु सबैभन्दा अपराध हुने उनको भनाई थियो । उनले भने,‘सबैभन्दा महत्वपुर्ण त मानिसहरुको व्यवहारमा परिवर्तन आउनुपर्छ ।’ 

त्यस्तै, दलित आत्मरक्षा अभियानका अध्यक्ष डा.मित्र परियारले नेपालमामात्र नभएर अष्ट्रेलियामा पनि जातिय विभेद भएको सुनाए । गुरुकुलमा सबैले पढ्न पाउनुपर्छ भन्नेहरुलाई बौलाएको आरोप लाग्ने गरेको पनि बताए । उनले भने,‘कथित उच्च जातले दलितले नै बनाएको हसियाँ प्रयोग गर्छन् ।’ अष्ट्रेलियाबाट फर्केर आफुले दलितको निम्ति आत्मरक्षा अभियान चलाएको सुनाए । 

उनले नेकपा माओवादी केन्द्रले दलितलाई माथि ल्याउने आँट गरेपनि खासै केही नगरेको बताए । संसारमा सबैभन्दा ठ्ुलो झुट धर्मशास्त्रमा नभएको भन्दै उनले समाजको निर्माण शाहवंशीय राजाहरुले गरेको उनले सुनाए । उनले भने,‘९५ प्रतिशत हिन्दुहरुले दलितलाई डेरा दिँदैनन्, राज्यले जातिय विभेद गर्न नपाइने भनेपनि मानिसहरुको मनुस्मृतिले मान्दैन् ।’ उनले आफुले सञ्चालन गर्दै आएको आत्मरक्षा अभियानले शशक्त दबाब दिएर दलित कुकुरभन्दा सानो होइन् भन्ने सन्देश दिने बताए । उनले भने,‘धर्म संस्कारमा ब्यापक सुधार नर्गदासम्म हामी विद्रोह गरिरहन्छौ ।’

राष्ट्रिय एकता अभियानका संयोजक बिनय यादवले हिन्दु धर्ममा छुवाछुत शब्द कतै नभएको बताएका छन् । उनले भने,‘नश्लीय चिन्तनको कारणले हिन्दु संस्कृति र सनातनको बदनाम भइरहेको छ ।’ उनले धार्मिक र जातिय समस्या नेपालमा मात्र नभएर विश्वभर हुने सुनाए । हिन्दुधर्ममा मनोस्मृतिको कुरा आउने तर जातियताको बारेमा व्याख्या नगरिएको उनले स्पष्ट पारे । 

उनले जन्मको आधारमा जाति छुट्टयाउन नहुने र कर्मको आधारमा मात्र छुट्टाउनपर्ने उनले धारणा राखे । हिन्दु धर्मको कारणले जातियतामा समस्या नआउने भन्दै हिन्दुधर्मविरुद्ध अपव्याख्या गरेकोले  अवस्था यस्तो आएको बताए । पछिल्लो समयमा समाज परिवर्तन हुँदै गएको तर हिन्दु धर्मलाई बदनाम गराइएको भन्दै उनले गुनासो पोखे । देशमा अहिले राष्ट्रियता समाप्त पार्न खोजिएको उल्लेख गर्दै राष्ट्रियता समाप्त भए देश अन्य देशको गुलाम हुनुपर्ने पनि खतरा औंल्याए । संघर्ष गरेर समाजको समस्या छुवाछुतको अन्त्य नहुने जिकिर गर्दै समानताको लागि प्रेमको माध्यमले समस्याको समाधान गर्न सकिने उनको धारणा छ । 

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिनेशराज पन्तले आफु धेरै सनातनी भएको भन्दै वैज्ञानिक चिन्तन भएकाहरुलाई पछि गएर हेप्ने कार्य सुरुवात भएको बताए । गुरुकुलमा जातिय विरोध अन्त्य भई सबैले पढ्न पाउने वातावरण विस्तारै बन्दै जाने उल्लेख गरे । उनले भने,‘गुरुकुलमा महिलाले पनि हिजो पढेका थिए । दलितले पनि पढिरहेका छन् ।’ उनले ३ र ५ दिन किरिया गर्नेहरुलाई पातकीको संज्ञा दिए ।

गुरुकुलहरुलाई स्वतन्त्र ढंगले छाड्नुपर्ने धारणा राख्दै उनले भने,‘पाहुना गएपछि पाहुनालाई कहाँ राख्ने अधिकार घरको परिवारलाई हुन्छ । सबै परिवर्तन आफ्नै तरिकाले हुँदै जान्छन् ।’ आजको कार्यक्रमको सञ्चालन भने अभियानका संयोजक चन्द्रकान्त पौडलले गरेका थिए ।