१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मदन भण्डारी राजमार्ग : रुख काट्ने प्रक्रिया ढिलो हुँदा समस्या

मदन भण्डारी राजमार्ग : रुख काट्ने प्रक्रिया ढिलो हुँदा समस्या
अ अ+ अ-

झापा । मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य हालसम्ममा १२ प्रतिशत मात्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।

धरानदेखि पूर्वमेचीसम्मको करिब १२५ किमी सडकखण्डमध्ये ६३ किलो मिटरको ठेक्का व्यवस्थापन भइसकेको कार्यालयका सूचना अधिकारी सजित शर्माले बताउनुभयो । सर्दुखोलादेखि बेलडाँगीसम्म ५३ किलोमिटर र शान्तिगरदेखि बाहुनडाँगीसम्मको १० किलोमिटरको ठेक्का निर्माण व्यवसायी श्री श्रेष्ठ-मोतिदान जेभी काठमाडौँले लिएको छ ।

तीन प्याकेजमा ठेक्का लिएको जेभीले हालसम्म कूल भौतिक प्रगतिको १२ प्रतिशत रहेको जनाएको छ । सडक निर्माणमा विभिन्न समस्या आइरहेका कारण पनि काममा ढिलाइ भइरहेको उहाँको भनाइ छ । उहाँले राजमार्गस्तरको सडक भनिए तापनि हालसम्म सडक सीमा निर्धारण नहुँदा जग्गा अधिग्रहण हुन नसकेको, सडक सीमाको जग्गाको भूस्वामित्व जनताकै नाममा रहेको हुँदा सडक निर्माणको सीमा सुरक्षामा कठिनाइ रहेको बताउनुभयो । 

सूचना अधिकारी शर्माले सडक क्षेत्रभित्र पर्ने रुख कटानको प्रक्रिया लामो तथा झन्झटिलो हुँदासमेत निर्माण कार्यमा ढिलो भइरहेको बताउनुभयो । उहाँका अनुसार विसंं २०७६÷०७७ मा सुरु भएको योजना विसं २०८१-०८२ मा सम्पन्न गरिसक्नुपर्नेछ । 

यो सडक तीन खण्डमा निर्माण हुने गरी ठेक्का सम्झौता भइसकेको छ भने बाँकी खण्डको डिपिआर सकिएर ठेक्का लगाउने तयारी छ । पहिलो खण्ड पूर्वको प्रस्थान बिन्दु झापाको मेचीडाँगीदेखि बुद्धशान्तिको शान्तिनगरसम्मको १० किलोमिटर रहेको छ । सङ्घीय सरकारको बजेटबाट निर्माण हुने यो राजमार्ग दुई लेनको हुनेछ । बहुवर्षीय योजनाअनुसार यो राजमार्ग बन्न लागेको हो । 

एमालेका तत्कालीन महासचिव मदन भण्डारीका नाममा बनाइने यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपरुको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास, शिमलटारी, प्यूठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा सुर्खेतको बोटचोर, डोटीको सिमचोर, बिपीनगर, कैलालीको सहजपुर, हुँदै डडेलधुराको बुडर जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।

सो सडकखण्डको ३१ पुलको निर्माण कार्य जारी रहेको उहाँको भनाइ छ । सो सडकखण्डमा ११ ठूला पुल  छन् । ती पुलको निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।