१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुलमा रमाए विद्यार्थी



अ+ अ-

काठमाडौं । कोभिड–१९ जोखिमका कारण बन्द रहेका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् भने विद्यार्थी पनि लामो समयपछि विद्यालय आउन पाउँदा रमाएका छन् । बाफलस्थित ज्ञानोदय माविमा कक्षा ११ मा पढ्दै गरेका सिभिल इन्जिनियरिङतर्फका विद्यार्थीले विद्यालयमा ल्यापटपमै प्राक्टिकल गरी अध्ययन गर्न पाउँदा सिकेको विषय राम्ररी बुझेको अनुभव गरे ।

‘अनलाइनबाट गणित अध्ययन गर्दा मैले प्राक्टिकल गर्न पाएको थिइनँ। विषयवस्तु बुझ्नै समस्या थियो,’ कक्षा ११ की सुदीपा चौलागाईंले नागरिकसँग भनिन्, ‘आज विद्यालयमै आएर ल्याबमा बसेर साथीहरूसँग ल्यापटपमा एक्सेलमा प्राक्टिकल गरें । विषयवस्तु पनि राम्ररी बुझें।’ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै विद्यालयमा उपस्थित भएर अध्ययन गर्न पाउँदा निकै रमाइलो भएको उनले बताइन् ।

यस स्कुलका शिक्षकले विद्यार्थीको सिकाइलाई थप उपलब्धिमूलक बनाउन गृहकार्य दिएका छन् । ‘अनलाइन कक्षामा बीचैमा छुटेका पाठ पनि सर मिसहरूले प्रत्यक्ष बुझाइ दिनुभयो,’ कक्षा ११ कै छात्रा सम्झना कँडेलले भनिन्, ‘सरले गुगलमा सर्च गरेर गृहकार्र्य गर्न दिनुभएको छ । यसले हाम्रो पढ्ने र अध्ययन गर्ने बानीलाई नियमित गर्छ ।’, यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।