८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इच्छाराज तामाङ्ग विरुद्ध १११० उजुरी, प्रहरीकाे अनुसन्धान संगठित अपराध तर्फ पनि केन्द्रित



अ+ अ-

काठमाडौँ — सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष इच्छाराज तामाङ यति बेला प्रहरी हिरासतमा छन् । सिभिल सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोज १८ मा उनलाई पक्रिएको हो । तामाङ उक्त सहकारीका सल्लाहकार एवं पूर्वअध्यक्ष हुन् ।
फाइल तस्बिर

उनी आबद्ध सहकारीले २ हजारभन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले तामाङलाई पक्राउ गरेको हो । सहकारीले दुई वर्ष ९२०७६ वैशाख० देखि बचतकर्ताको रकम फिर्ता नगरेको सहकारी पीडित संघर्ष समितिका संयोजक उज्ज्वल सत्यालले बताए ।

बिहीबारसम्म १ हजार १ सय १० उजुरी परिसकेको सीआईबीका प्रवक्ता एसपी श्याम महतोले जानकारी दिए । ती उजुरीअन्तर्गत मात्र पनि सहकारीको ४ अर्ब ५७ करोड ९३ लाख ८९ हजार ७ सय १८ रुपैयाँ बिगो दाबी पुगेको उनले बताए । ‘हरेक दिन थप उजुरी आइरहेकाले संख्या र बिगो रकम अझै बढ्न सक्ने देखिन्छ,’ उनले भने । प्रहरीले मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० बमोजिम ठगी र संगठित अपराधमा तामाङमाथि अनुसन्धान गरिरहेको छ ।

यसअघि तामाङ एमाले कोटाबाट सांसद थिए । त्यति बेला पनि उनी सिभिल बैंकका अध्यक्ष थिए । सांसद रहँदा पदीय दुरुपयोग गरेर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधनमा ठूलो चलखेल गरेका थिए । त्यति बेला बैंक तथा वित्तीय संस्थामा सञ्चालक रहेका उनीलगायत केही सांसद्को दबाबमा बाफियामा प्रबन्ध सञ्चालक र कार्यकारी अध्यक्षको व्यवस्था, स्थापनाको १० वर्षपछि संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न पाइनेलगायत वित्तीय स्थायित्वमा असर पर्ने व्यवस्था गरिएको थियो । केही वर्षअघिदेखि सिभिल सहकारीमा समस्या रहे पनि २०७६ पछि मात्र उक्त विषय बाहिरिएको हो ।

सहकारीको रकम सिभिल होम्सलगायत तामाङ आबद्ध अरू कम्पनीमा लगानी गरेको र उक्त रकम सहकारीलाई भुक्तानी नगरेकाले समस्या सिर्जना भएको थियो । त्यति बेला सहकारीले सार्वजनिक रूपमा सूचना जारी गरेर निक्षेपकर्ताको रकम बिस्तारै फिर्ता गर्दै जाने बताएको थियो । त्यसपछि सहकारीले स–सानो रकममा बचतकर्ताको रकम पनि फिर्ता गरेको थियो । तर त्यतिबेला सहकारीले आफ्ना चिनजान र नातेदारलाई मात्र बचत फिर्ता गरेको संघर्ष समितिका संयोजक सत्यालको आरोप छ । पैसा फिर्ता माग्न गएका बचतकर्तालाई सहकारीले अनेक बहानामा झुक्याएर रकम नतिरेको उनको भनाइ छ । कान्तिपुर दैनिकमा यज्ञ बन्जाडे लेख्छन् ।