• १५ मंसिर २०८०, शुक्रबार
  •      Fri Dec 1 2023
  •   Unicode
Logo
Latest
★   पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसीलाई धरौटीमा छाड्न आदेश ★   टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश ★   शरणार्थी प्रकरणः टोपबहादुरलाई छाड्न अस्वीकार ★   संसदीय खुलापन कार्ययोजना बनाउने जिम्मा फिल्म निर्माण कम्पनीलाई: कार्ययोजनाबारे कुनै जानकारी छैन- संसद सचिवालय ★   केपी ओली कप क्रिकेटको उपाधि मधेश प्रदेशलाई ★   केपी ओली कपको उपाधि मधेशलाई, आर्मी ११ रनले पराजित ★   राजसंस्था,हिन्दुराष्ट्र र संघीयता नचाहाने बिच मोर्चा निर्माण गरि नयाँ जनआन्दोलन गरौ: कमल थापा ★   ‘एनिमल’ हेरेपछि आलिया भट्टले भनिन् – खतरनाक फिल्म ★   किसानको गुनासो- कफीले प्रतिफल दिएन ★   एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ: मन्त्री बस्नेत (अन्तरवार्ता)

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरुद्ध कारवाही



काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी शान्ति खल्बल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारवाही गर्ने जनाएको छ ।
 
ब्यूरोले आज एक सूचना जारी गरी विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी युट्युव, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी भिडियो तथा तस्वीरहरू अपलोड गरेको भन्दै त्यस्ता व्यक्तिमाथि कारवाही गर्ने चेतावनी दिएको हो ।
 
उनीहरूले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने गरी गतिवधि गरेको ब्यूरोले जनाएको छ । समाजमा उत्तेजना फैलाउने, सामाजिक सद्भाव खल्बल्याउने र पीडितको गोपनीयताको हकको हनन् गरी सामाजिक तथा मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधि देखिएको ब्यूरोको सूचनामा उल्लेख छ ।
 
सूचनामा त्यस्ता क्रियाकलाप विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी दिइएको छ ।