१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मागभन्दा पाँच गुणा बढी सुपारी आयात

मागभन्दा पाँच गुणा बढी सुपारी आयात
अ अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा तेस्रो मुलुकबाट आयात हुने सुपारीको व्यापारमा भइरहेको नीतिगत व्यवस्थाका बारेमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन पेश गरिएको छ ।

उपसमिति संयोजक सांसद रमेशजङ्ग रायमाझीले आज समिति सभापति तारादेवी भट्टलाई प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदनका विषयमा समितिको आगामी बैठकमा छलफल गरी सरकारका सरोकार भएका निकायलाई निर्देशन दिइने उहाँले जानकारी दिनुभयो । 

सुपारीसँग सम्बन्धित गुट्खा उद्योगले पाँच हजार मेट्रिकटन सुपारी भए पुग्छ भन्ने गरेकामा सरकारले २५ हजार मेट्रिकटन आयात गर्न दिएको संयोजक रायमाझीले जानकारी दिनुभयो । यस विषयमा समितिले केही सचिव र सुपारी आयातकर्तालाई बैठकमा बोलाएकामा अनुपस्थित भएको उहाँले बताउनुभयो । 

व्यवसायीको प्रभावमा परेर सरकारले देशमा आवश्यकताभन्दा बढी सुपारी आयात गर्न दिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । आयात भएको सुपारी भारत जाने गरेको पनि सांसद रायमाझीले बैठकमा सुनाउनुभयो । यस विषयमा छलफल गर्न बैठकमा बोलाउँदा भन्सार विभागका महानिर्देशक पनि सरकारको निर्देशन पालना गर्नुपर्ने भन्दै नआएको उहाँले समिति बैठकमा जानकारी गराउनुभयो ।

सभापतिसहित चार सांसदको बिदाइ

समितिको आजको बैठकमा आजदेखि चार वर्षे कार्यकाल पूरा गर्न लाग्नुभएका सभापति भट्ट, सांसदहरू दीनानाथ शर्मा, कविता बोगटी र चक्रप्रसाद स्नेहीलाई बिदाइसमेत गरिएको छ । 

बिदाइ कार्यक्रममा सांसद गङ्गाकुमारी बेल्वासे, स्नेही, नन्दा चापागाइँ, बिमला घिमिरे, शारदादेवी भट्ट, महेशकुमार महरा र बोगटीले चार वर्षे कार्यकालमा समितिले दिएका धेरै निर्देशन सरकारले कार्यान्वयन नगरेको, कोभिडका कारण समितिको वार्षिक कार्ययोजना पूरा हुन नसकेको विषयमा सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभएको थियो । 

बैठकमा सभापति भट्टले समिति सचिवालयले दिएका निर्देशन कार्यान्वयन भए-नभएको नियमितरूपमा पछ्याउने विश्वास व्यक्त गर्नुभयो । सभापति कार्यकालको अन्तिम बैठकमा उहाँले चार वर्षसम्म कार्यसम्पादनमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।