१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

समिक्षालाई सराप्न बन्द गरौं – दीपकराज गिरी

समिक्षालाई सराप्न बन्द गरौं – दीपकराज गिरी
अ अ+ अ-

काठमाडौं । कलाकार दीपकराज गिरी देशको समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गरिरहन्छन् । उनले हरेक विषयमा बेलाबेला टीप्पणी गरिरहन्छन् । अहिले पल शाह प्रकरणले सामाजिक सञ्जाल तातिएको छ ।  

यसैबीच, नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी शान्ति खल्बल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारवाही गर्ने जनाएको छ ।

ब्यूरोले आज एक सूचना जारी गरी विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी युट्युव, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी भिडियो तथा तस्वीरहरू अपलोड गरेको भन्दै त्यस्ता व्यक्तिमाथि कारवाही गर्ने चेतावनी दिएको हो ।

अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै समिक्षाको बारेमा गलत टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् । ‘समिक्षालाई सराप्न बन्द गरौ म समिक्षाको प्रगती मा गर्व गर्छू भने उनले भोगिरहेको आजको नियतीमा आफूलाइ पनि दोषि देखिरहेको छू ।’ दीपक फेसबुकमा लेख्छन् । 

 

आज म लेख्दैछू …..

“ छक्का पन्जा र समिक्षा”

पछिल्लो घटना क्रम ले समाज नै तरंगित बनेको छ !

केश अदालत मा पुगि सकेको ले मैले यस्को बारेमा बोल्नु हुदैन…. म यॉहा केबल समिक्षा जस्ले छक्का पन्जा बाट यो रंगिन दुनियॉमा कदम राखिन त्यो बारेमा केहि शेयर गर्न चाहन्छू…. जब हामि छक्का पन्जा ३ को सुटिगं गर्न ला चौक पोखरामा पुग्यौ , हामिलाइ स्कूले बिद्यार्थी को अभिनय गर्ने कलाकार चाहियो ,त्यो बेला त्यॉहा हेड मास्टर ले सहयोग गर्नु भो , ८,१० जना बिद्यार्थी हरू छनौट भए त्यस मध्य एक थिइन समिक्षा… गोरी, राम्री, लजालू स्वभाब भएकि.. दिएको संबाद राम्रो संग बोल्ने गर्थिन, बेला बेलामा उनले गुनगुनाएको कर्णप्रिय स्वर ले हामि सबैलाइ तान्थ्यो,

छायॉकार मित्र पुरुषोत्तम प्रधान ले मोबाइल मा रेकर्ड गरेर त्यो आबाज लिएर आए, त्यहि रेकर्ड गरिएको आवाज नै समिक्षा लाइ देशको राजधानी काठमाण्डू मा स्थापित हुने मार्ग बन्न पुग्यो !

सुटिगं का क्रममा मैले उन्को धेरै पल्ट तारिफ गर्दा हेड माष्टर तथा अन्य सरहरू पनि ,यो नानी सारै मीठो गॉउछे, हामिलाइ यिनि प्रति धेरै बिश्वास छ

एकदिन राम्रो गायीका बन्ने छिन् र समग्र गॉउको र स्कूलको नाम चम्काउने छिन भनेर तारिफ गर्नु हुन्थ्यो… भयो पनि त्यस्तै, छोटो समयमा नै उनिले लोभ लाग्दो प्रगती गरिन पनि , त्यस पछि उनि संग मेरो भेंट कहिल्यै भएन , टेलिभिजन र टिकटक हरू देख्थे खुशि लाग्थ्यो …वरू वेला वेला हेडमास्टर ले फोन गरेर “हाम्रो चेलि ले सॉच्चै राम्रो गरेकि छे दिपकजी!तपाइहरू सुटिगं मा आएको त उस्को लागि भाग्यको ढोका खोल्न रहेछ “ यति सुनिरहदॉ म पनि घमन्डले धेरै पल्ट गचक्क परेको छू …तर त्यो मेरो घमन्ड धेरै दिन टिकेन , आजको दिन देख्नु पर्यो , सामाजिक संजालमा उनि माथि बर्सिएको गालि सुन्नु पर्यो ,अब म दुबिधामा परे ! के गरौ?

कक्षा छ मा पढिरहेकि एक बालिका लाइ माइकमा गीत गाउन, कस्ले सिकायो? हामिले !

मिडिया सामू बोल्न ,कार्यक्रम मा कति पारिश्रमिक माग्ने , को संग कसरी प्रस्तुत हुने यो सबै कस्ले सिकायो? मेरै क्षेत्र ले सिकाएको हो , हामिले नै सिकाएको हो यस्मा प्रसस्तै गौरब छ !

एउटा सामान्य बालिका लाइ प्रोफ़ेसनल कलाकार जस्तै बनाएर रातारात चर्चित बनाउने

हामि सबैलाइ एकमुष्ट बधाइ र धन्यबाद छ!

तर मिडिया मा आए झै boy friend हरू राख्ने , सम्बन्ध बनाउने, षड्यंत्र नै गर्ने ,नावालिक भएर पनि यस्तो गर्ने , त्य्सतो गर्ने ,यो चाहि उन्ले गॉउ बाटै सिकेर आएकि थिइन कि कसो?

यस्को जिम्मा चाहि हामिले लिने कि नलिने?

यो बालिका लाइ हामिले यहाँ पुर्यायौ भनेर गर्व चाहि गर्ने , तर उक्त बालिका ले सिकेको नराम्रो बानि को ठेक्का चाहि लिने कि नलिने?

उन्को boy friend हरू भनेको स्कूल पढ्दा

देखिका का हुन् कि यहि क्षेत्रमा

आएपछि बनेका हुन्?

छोरो ले फष्ट आउदा मेरो छोरो,

छोरोले अरूका छोरा भकुरेर आउदॉ चाहि

“ ए तेरो छोरो ले हेर के गर्यौ ?

उनि आज जे बनिन त्यसमा हाम्रो सहयोग थियो भने

उन्ले आज जे भोगि रहेकि छिन त्यसमा पनि हाम्रो क्षेत्र , हाम्रै संगत, हाम्रै बाताबरणको दोष छ कि छैन ?

मलाइ यहाँ यो दोषि र यो निर्दोषि भनेर फैसला गर्नु छैन ! त्यो काम मेरो हूदै होइन!!

मेरो चाहना समिक्षालाइ सराप्न बन्द गरौ भन्ने मात्रै हो ….म समिक्षाको प्रगती मा गर्व गर्छू भने

उनले भोगिरहेको आजको नियती मा

आफूलाइ पनि दोषि देखिरहेको छू!!

यति भनिरहदॉ मैले पनि गालि खानु पर्नेछ

अब गालि त बानि जस्तै भैसक्यो ….

जय नेपाल !!!