२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले फागुन २३ गते काठमाडौंमा बृहत विरोधसभा गर्ने

एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले फागुन २३ गते काठमाडौंमा बृहत विरोधसभा गर्ने
अ अ+ अ-

काठमाडौं, १९ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ । रिपोर्टर्स क्बल नेपालमा आज पत्रकार सम्मेलन गर्दै जनआन्दोलनले एमसीसीविरुद्ध काठमाडौंको इन्द्रचोकमा फागुन २३ गते साढे १ बजे हुने विरोध सभामा सहभागी हुन आव्हान गरेको छ । संयुक्त जनआन्दोलनले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने पनि जनाएको छ । 

पत्रकार सम्मेलनमा नेकपा मालेका नेता सिपी मैनालीले एमसीसी जनताको पक्षबाट असफल भएपनि संसदबाट स्वीकृत भएकोमा आपत्ति जनाए । उनले भने,‘सत्तागठबन्धनमा भएका सबै पार्टीहरुको सहमति र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)कोे सहयोगमा एमसीसी अनुमोदन गरिएको हो ।’  

अमेरिकाले कुनै पनि हालतमा एमसीसी सम्झौता संशोधन गर्न मन्जुर नभएको  पटक–पटक जानकारी दिँदै आएको र व्याख्यात्मक टिप्पणीको अन्तराष्ट्रिय अर्थ नभएकोले जनताको आँखामा हाल्ने छारो मात्र भएको मैनालीले जिकिर गरे । 

संसदबाट पास गरेको व्याख्यात्मक घोषणा पत्रलाई नेता मैनालीले कथित व्याख्यात्मक घोषणाको संज्ञा दिए । इन्टरनेशनल कानुन अनुसार व्याख्यात्मक घोषणाको कुनै अर्थ नहुने पनि उनले जिकिर गरे । उनले एमसीसी नेपालको हित विपरित जाने, संविधानभन्दा माथि हुने कुनै पनि दोष र प्रावधान सबै मुक्त भए भनेर दलहरुले व्याख्यात्मक घोेषणा अनुमोदन गरेको पनि केही दोष नगएको उनको भनाई थियो । ‘महाकाली सन्धी गर्दा पनि ४ बुंदे सकल्प गरेर त्यसको दोष हटाइयो भनिए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन,’ नेता मैनालीले भने, ‘नेपालको सार्वभौमसत्तामाथि असर गर्ने कुनै पनि दोषहरु हटाइएको छैन । जस्ताको तस्तै छ, जनताको आँखामा छारो मात्र हालिएको हो ।’

व्याख्यात्मक घोषणासहित संसदबाट जनताले विरोध गर्दागर्दै पनि पारित गरिएको उनले बताए ।  स्वस्थ र सैद्धान्तिक ढंगले संसदबाट एमसीसी पारित नगरिएको उनले आरोप लगाए ।  नेपालले एमसीसी सम्झौता अनुमोदन गरेकोमा खुशी हुँद व्याख्यात्मक घोषणालाई अमेरिकाले ‘नोट’ गरेको जानकारी दिएपनि कुनै अर्थ नहुने उनले स्पष्ट पारे । 

राष्ट्रघाती धेरै काम भएको भन्दै उनले एमसीसी सम्झौता फेरी थपिएको बताए ।  नयाँ चरणको सुरु भएको बताए । प्राविधिक तरिकाले पारित गरेपनि अझै केही नभएको भन्दै शशक्त रुपमा विरोध गर्न फागुन २३ गते दिउँसो १ बजे इन्द्रचोक पुगी विरोध सभालाई सफल पार्न सबैलाई अपिल गरे । 

संयुक्त राष्ट्रिय जनआन्दोल मोर्चाका सह–अध्यक्ष विष्णु भट्टराईले एमसीसी कम्प्याक्ट प्रतिनिधि सभाबाट प्राविधिक रुपले अनुमोदन भएको बताए । उनले सम्झौतामा भएको १२ बुंदाको ६ को ८ मा एमसीसीको हैसियतको बारेमा बताउँदै एमसीसीको कारण नेपालमा हुने हानीको कुनै पनि दायित्व अमेरिकाले बहन नगर्ने उनले स्पष्ट पारे । उनले नेपाली कसैको मृत्यृ भएमा पनि अमेरिकालाई दोष लगाउन नपाइले बताए ।  उनले भने,‘एमसीसी भित्र हुने कुनै कुरामा अमेरिका दोषी हुँदैनन्, उनीहरुलाई दोष लगाउन मिल्दैन ।’ एमसीसी सम्झौता नेपालको कानुन भन्दा माथि भएको उनले जिकिर गरे । व्याख्यात्मक टिप्पणीले अन्य समस्या  निम्त्याउने सक्ने उनले बताए ।  

१२ बुंदामा एमसीसीमा लेखेका शब्दलाई अन्य अर्थ लगाएर व्याख्या गर्न नपाइने पनि उल्लेख गरे । एमसीसीको सहायताले नेपालमा अर्थतन्त्रको बृद्धि गरिने भनिए पनि भनेको जस्तो केही नहुने उनको भनाई थियो । 

अमेरिकाले एमसीसी नेपालले संसदबाट अनुमोदन गरेकोमा स्वागत गरेको तर व्याख्यात्मक टिप्पणीलाई भने स्वागत नगरको उनले स्पष्ट पारे ।  प्रतिनिधिसभामा जनताको प्रतिनिधिहरुले जनताको भावना नबुझेको उनको गुनासो थियो ।  

एमसीसीको कारण नेपालको सम्प्रभुता अमेरिकाको पोल्टामा पुगेको उनले आरोप लगाए । उनले एमसीसीको सवालमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भुमिकालाई घटियाको संज्ञा दिए । नेपालले युक्रेनलाई समर्थन गरेको भन्दै उनले अमेरिकाको पक्षमा नेपालले युक्रेनलाई समर्थन गरेको उनले बताए ।

उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले केही वरिष्ठ अधिवक्ताहरु विदेशीको एजेण्ट बनेर व्याख्यात्मक टिप्पणी डाफ्ट गरेको बताए । ‘कोही–कोही नेपाल बाहिर बसेर नेपालविरुद्ध गतिविधि गरिरहेका वरिष्ठ अधिवक्ताहरु भन्ने पनि छन् । तिनीहरुले यसको ड्राफ्ट नेपालमा पठाए । नेपालमा पठाएपछि पहिला अमेरिकाको सहमति लिएर अनि यसलाई फाइनालाइज्य गर्ने नाममा यस्को कोष्ठ तयार भयो ।’  उनले अमेरिकाको सहमति लिएर निर्णय भएको टिप्पणी गरे । 

नेपालले भने, ‘केही वरिष्ठहरुले पहिला अमेरिकाको सहमति लिएर नेपालमा व्याख्यात्मक टिप्पणीको फाइनालाइज्य गरेका हुन् । जेनेभा कन्भेन्सनले जसलाई गाइड गरेको छ त्यसको भाई प्रोडक्ट हो यो ।’  अमेरिकाले अहिले यसको स्वागत नगर्नुको कारण रहेको भन्दै उनले व्याख्यात्मक टिप्पणी मान्दैनौ भन्नलाई समय कुरेको जिकिर गरे । उनले त्यो समयको साथसाथै आन्दोलन नभएर विद्रोह हुने पनि बताए । उनले भने,‘विद्रोह र आन्दोलन फरक हुन्छ ।’

एससीसीको लागि नेपालले विद्युत प्रसारण लाइन जोड्नको लागि भारतको अनुमति लिननपर्ने एमसीसीका पक्षमा वकालत गर्नेहरुले गर्दै आएको उनले सुनाए । नेताहरुले व्याख्यात्मक घोषणामा क लेखिएको तर ख बुझाइएको उनले उल्लेख गरे । कुनै शब्द व्याख्या गर्न मात्र व्याख्यात्मक टिप्पणी प्रयोग गर्न मिल्ने तर पुरै सम्झौतालाई गर्न नमिल्ने उनले तर्क गरे । एमसीसी आज अनुमोदन हुनुमा विरोधमा नउत्रने जनताको कारण भएको उनले धारणा राखे । 

एमालेले गठबन्धनलाई एमसीसी पास गर नत्र गठबन्धन टुटाइदिन्छौ भनेको उनले उल्लेख गरे । अब एमसीसी सुरक्षा घेरा भित्र राखेरमात्र पास नहुने भन्दै उनले अब रक्तपात हुने पनि चेतावनी दिए । उनले एमसीएमा कार्यरत नेपालका कर्मचारीलाई १ हप्ता अफिस नजान अमेरिकाले आग्रह गरेको सुनाउँदै आवेदन माग गरिएकोमा कसैले पनि जागिरको लागि फर्म भर्न नहुने धारणा राखे । उनले भने, ‘जसले जागिर खानुभएको छ उनीहरुले छाड्नु होला अब बिद्रोह सुरु हुँदैछ ।’ अब आन्दोलनको अन्त्य हुन लागेको भन्दै विद्रोह सुरु हुने बताए । एमसीएको लागि कोठा भाडा पनि नदिन सम्बन्धित स्थानका नागरिकहरुलाई समेत आग्रह गरे । इन्द्रचोकमा फागुन २३ गते हुने विरोध सभामा विशेष गरी काठमाडौं वासीन्दाहरुलाई साढे १ बजे उपस्थित हुन आग्रह गरे ।  

नेकपा माले, जनसमाजवादी पार्टी, नेपाल, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, त्रिमुल नेपाल, उन्नत लोकतन्त्र पार्टी, नेकपा (संयुक्त), नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), नेपालबाद पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल राष्ट्रिय जनवाद िपार्टी, नेशनल मुभमेन्ट नेपाललगायतका पार्टीहरुले एमसीसी विरुद्ध फागुन २३ गते विरोध कार्यक्रम गर्ने भएका हुन् । कार्यक्रममा सिर्जना वाग्लेले प्रेश विज्ञप्ती पढेर सुनाएकी थिइन् ।