६ श्रावण २०८३, बुधबार
,
Latest
परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० बुँदे कार्यान्वयन नगरे ओलीको वचनको विश्वसनियतामा प्रश्न खडा हुन्छ : रावल



अ+ अ-

काठमाडौँ — एमालेका उपाध्यक्ष भीम रावलले शुक्रबारको स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् । असार २७ मा गरिएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै पार्टीमा फरक मत राखेका हुन् ।

अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन गर्ने छनक नदेखाएको भन्दै उपाध्यक्ष रावलले त्यसो गरेमा वचनको विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै सचेत पनि गराएका छन् । १० बुँदेलाई अर्थहीन भन्ने अभिव्यक्ति अध्यक्ष ओलीबाट आइरहेको बेला रावलले त्यसको पूर्ण कार्यान्वयनका लागि दबाब दिएका हुन् ।

रावलले राखेको फरक मतमा भनिएको छ, "कहीँ एकीकरणको बेला जस्को जे जिम्मेवारी थियो सोही गरौं भन्ने र कहीँ त्यसो पनि नमान्ने दोहोरो कुरा पार्टी पद्धतिको दृष्टिकोणबाट नै गलत हुन्छ ।" उनले फरकमतमा अगाडि लेखेका छन्, "म स्वयं नेकपा (एमाले), सुदूरपश्चिम समन्वय कमिटी (जसलाई अपानि– १२ ले स्वीकार गरिसकेको छ) को संयोजक थिएँ । पछि पार्टी एकीकरण भएको बेला त्यस प्रदेशको इञ्चार्ज थिएँ । मेरो हकमा ती दुवै प्रावधान लागु नहुने तर्क कसरी र केको आधारमा गर्न मिल्छ रु त्यसो गर्ने हो भने पार्टी अध्यक्ष कमरेडले पटक– पटक, विशेषतः पार्टीका बैठकहरू र भदौ ७ गते आफ्नै निवासमा हामीलाई सामूहिकरुपमा पक्षपात गरिने छैन भनी गर्नुभएको वाचा विपरीत हुन्छ । त्यसो नगरौं । त्यस्तो गर्दा पार्टीमा पुनः अविश्वास र मतभेद सिर्जना हुने मात्र होइन नेतृत्वले भन्ने र दिने वचनको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा हुन्छ ।"

पार्टीका वडा, पालिका अधिवेशन र राष्ट्रिय महाधिवेशन समेत संघारमा आइसकेको स्थितिमा अपानी कार्यान्वयन नहुने र विवाद मात्रै गर्ने हो भने पार्टीमा फेरि गम्भीर समस्या उत्पन्न हुने चेतावनी रावलले दिएका छन् । "अपानी– १२ को कार्यान्वनय नगरिने र विवाद मात्र गरिरहने हो भने त्यसले गम्भीर समस्या उत्पन्न गर्नेतर्फ सबैको ध्यान आकर्षित गर्न चाहन्छु । यस्तो स्थिति हामी कसैको पनि चाहना होइन र हुनुहुन्न भन्नेमा मेरो विशेष जोड छ ।"

अध्यक्ष ओलीले पटक-पटक "१० बुँदे माधवकुमार नेपाललाई एमालेमै राख्नको लागि थियो, पार्टी विभाजन गरेपछि त्यसको अर्थ छैनुभनेर दिएका अभिव्यक्तिको जवाफ पनि रावलले फरकमतमा दिएका छन् ।" १० बुँदे सहमति केवल माधवकुमार नेपाल नेकपा (एमाले) मा रहनको लागि मात्र गरिएको थियो भन्ने तर्क गलत छ र तथ्यसम्मत छैन" उनले भनेका छन् । त्यस्ता कुराले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने पनि रावलको भनाइ छ । आजको कान्तिपुरमा खबर छ ।