१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

प्रेस काउन्सिलः १६ युट्युब च्यानललाई कारबाही लागि सिफारिस, १० वेब पोर्टलमाथि प्रतिबन्ध

प्रेस काउन्सिलः १६ युट्युब च्यानललाई कारबाही लागि सिफारिस, १० वेब पोर्टलमाथि प्रतिबन्ध
अ अ+ अ-

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहीता प्रतिकुल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारजगतलाई आग्रह गरेको छ ।

शुक्रवार प्रेस काउन्सिल नेपालले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार आचारसंहीता प्रतिकुल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारजगतलाई आग्रह गरेको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जाल (युट्यूब) बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकषर्ण भएको बताउनु भयो । उहाँले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता र सूचीकरण नभएका १० वेब पोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको र कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरिएको पनि जानकारी दिनुभयो । 

अध्यक्ष बस्नेतले अनुगमनका क्रममा विभिन्न सञ्चार माध्यम, वेबपोर्टल र सामाजिक सञ्जाल (खासगरी युट्युब) समेतबाट वैयक्तिक गोपनीयताको प्रतिकुल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको बताउनु भयो ।  त्यस्तै विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष/विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लङ्घन भएको पनि बताउनु भयो ।

अध्यक्ष बस्नेतले भन्नुभयो, ‘हामीले अनलाइनतर्फ सामाजिक सञ्जाल खासगरी युट्यूबमा प्रशारित सामग्रीको विषयमा केही महिनादेखि गम्भीररुपमा अनुगमन गरिरहेका छौँ । कतिपयलाई सचेत पनि गर्दै आइरहेका छौँ । पछिल्लो समयमा चर्चित कलाकारहरुको नाम जोडेर तस्बिर राखेर, भिडियो राखेर जुन खालका सामग्रीहरु प्रशारण भए ती सामग्री गैरकानूनि छन् । हामीले पत्रकार आचारसंहीता र नियम कानून विपरित सम्प्रेषण गर्नेहरुलाई यसअघि नै सचेत गराएका थियौँ । तर आज बन्द, बन्द गर्न सिफारिस पनि गरेका छौँ । सचेत पनि गराएका छौँ र त्यस्ता युट्यूब च्यानलहरुलाई कानूनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचार गरेका पनि छौँ ।’

अध्यक्ष बस्नेतले अनलाइन टिभी, सामाजिक सञ्जाल (विशेषगरी युट्युुब च्यानल) हरूमा सम्पे्रषित सामग्रीबारे प्रेस काउन्सिल नेपालमा उजुरी र गुनासाहरू बढिरहेका सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निमित्त सुझाव दिनका लागि एक कार्यदल गठन भइ कार्य भइरहेको पनि बताउनु भयो ।