८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन प्रदेशमा दुई लाख ५८ हजार मेट्रिकटन धान नष्ट



अ+ अ-

काठमाडौं । आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले दिएको जानकारी अनुसार सुदूरपश्चिम,लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक विवरण अनुसार उक्त क्षति भएको हो ।

यी तीन प्रदेशमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र बर्षाले क्षति पुर्याएको संजेलले बताउनुभयो । बर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाईएको धानबालीमा असर मात्र परेको छ । दुई लाख ५८ हजार ९२ मेट्रिकटन धान बर्षातका कारण क्षति भएको प्रारम्भिक अनुमान रहेको सञ्जेलले बताउनुभयो ।

अनुमानित विवरणमा लुम्बिनी प्रदेशका बाँके ,बर्दिया,कपिलबस्तु र रुपन्देही, सुदूरपश्चिम प्रदेशका कैलालि र कञ्चनपुर तथा प्रदेश १ का झापा मोरङ् र सुनसरी छन् । जसमध्ये लुम्बिनी प्रदेशका चार जिल्लामा बर्षातको असर धेरै परेको देखिएको छ । यो प्रदेशमा ४२ हजार ४२७ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ भने प्रदेशभर चार अर्ब ५१ करोड रुपैयाँभन्दा धेरै मूल्यको एक लाख ६१ हजार २२३ मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।

सुदूरपश्चिमका दुई जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा लगाईएको धानमा क्षति पुगेको छ । प्रदेशभर एक अर्ब ९१ करोड रुपैँयाभन्दा धेरै मुल्यको ६८ हजार चार सय मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।

यस्तै प्रदेश १ का तीन जिल्लामा सात हजार ४९२ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ८० करोड रुपैँया बढीको २८ हजार ४६९ मेट्रिक टन धानमा बर्षाले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।

बर्षका कारण सात वटै प्रदेशमा क्षति पुगेको र अन्य सबै प्रदेशहरुबाट पनि क्षतिको अनुमानित विवरण माग गरिएकाले प्रभावित क्षेत्र र क्षतिको विवरण अझै बढ्न सक्ने प्रवक्ता संजेलले बताउनुभयो । गाेरखापत्रमा याे खबर छ ।