१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बी डिभिजन लिगः मध्यपुरको जित, सरस्वती र झम्सिखेलको बराबरी

बी डिभिजन लिगः मध्यपुरको जित, सरस्वती र झम्सिखेलको बराबरी
अ अ+ अ-

 

काठमाडौं । झम्सीखेल युथ क्लबविरुद्ध सुरुआती अग्रता जोगाउन नसक्दा शुक्रबार सरस्वती युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा अंक बाँड्दा दिनको पहिलो खेलमा मध्यपुर युथ एसोसियनले सामाजिक युथ क्लबलाई हराएको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सरस्वतीले झम्सीखेलसँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो । सरस्वतीले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँन असफल रहेको थियो । सन्जीब रानाले २२औ मिनेटमा गोलकिपर र डिफेन्डरलाई बिट गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा तीर्थ बहादुर बस्नेतले गोल गरेपछि खेल बराबरीमा आएको थियो । दोस्रो हाफमा गोलका लागि दुबै टोली आक्रामक खेल खेले पनि थप गोल हुन सकेन र अंक बाँडे ।  

बराबरीसँगै सरस्वतीले बी डिभजिन लिगमा लगातार दोस्रो जितबाट बञ्चीत भएको छ । दुई खेलबाट सरस्वतीको अंक तालिकामा ४ अंक भएको छ । उता झम्सीखेल युथ क्लबले अंक तालिकामा पहिलो अंक लिन सफल भएको छ । सरस्वतीले पहिलो खेलमा बाँसबारी क्लबलाई ३–१ गोलले हराउँदै सुखद सुरुआत गरेको थियो भने झम्सीखेलले श्री भगवतीलाई ३–१ को नतिजा सुम्पिएको थियो ।

शुक्रबारै सम्पन्न दिनको पहिलो खेलमा मध्यपुर युथ एसोसियनले समाजिक युथ क्लबलाई ५–२ गोल अन्तरले हराउँदै लिगमा विजयी सुरुआत गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा मध्यपुरले चौथो मिनेटमा अग्रता लिएको थियो । सन्नी लामाले गोल गर्दै मध्यपुरले सुरुआती अग्रता लिएको थियो । त्यसको चार मिनेट पछि सन्जीब थापा मगरले टोलीका लागि दोस्रो गोल गर्दा १६औं मिनेटमा सामाजिक युथ क्लबका लागि बिकास दर्जीले गोल गर्दै अन्तर घटाउँदै टोलीलाई खेलमा फर्किने संकते दिएका थिए । त्यसपछि २१औं मिनेटमा बसन्त बहादुर रानाले गोल गर्दै खेल २–२ को अवस्थामा ल्याए पनि पहिलो हाफको इन्जुरी समयमा सन्जीबले व्यक्तिगत दोस्रो गोल गर्दै मध्यपुरलाई पहिलो हाफमा ३–२ को अग्रता दिलाए ।

पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्दै मध्यपुरले समाजिकलाई दबाबमा राख्यो । ५४औं मिनेटमा धिरज श्रेष्ठले गोल टोलीको अग्रता ४–२ मा पु¥याउँदा ७४औं मिनेटमा जेनिस राजपतीले टोलीका लागि पाँचौ गोल थप्र्दै जित निश्चित गरे । जितसँगै मध्यपुरले सहिद स्मारक बी डिभजिन लिगमा विजयी सुरुआत गर्दा समाजिक युथ क्लबले हारबाट लिग आरम्भ गरेको छ ।

लिगमा शनिबार तीन खेल हुनेछन् । पहिलो खेल श्री भगवती र ब्वाईज युनियन, दोस्रो खेल बाँसबारी र टुसाल युथ क्लब तथा तेस्रो खेल बिरगञ्ज युनाईटेड र नयाँबस्ती युथ क्लबबीच हुनेछन् । तीन वटै खेल एन्फा मुख्यालयको कृत्रिम मैदानमा हुनेछन् । १४ क्लबबीच भएको प्रतिस्पर्धा सिंगल राउण्ड रोबिन लिगको आधारमा भइरेको छ । शीर्ष दुई टोेली ए डिभिजन लिगमा बढुवा हुनेछ । यस्तै पुछारका दुई टोली  रेलिगेसनमा पर्ने छन ।