१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडी किनबेच (अक्सन) सम्पन्न

नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडी किनबेच (अक्सन) सम्पन्न
अ अ+ अ-

काठमाडौ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडी किनबेच (अक्सन) शुक्रबार सकिएको छ । २ सय ४२ खेलाडी सहभागी रहेका अक्सनमा विभिन्न १० फ्रेन्चाईज टोलीले खेलाडी अनुबन्ध गरेका छन् । आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा अघिल्लो सिजन एफसी चितवनका मार्की खेलाडी भरत खवासलाई कुनै पनि टोलीले बोलकबोल गरेनन् । ए क्याटोगोरीमा रहेका भरत र नवयुग श्रेष्ठको न्युनतम मुल्य १ लाख ५० हजार रुपैयाँ र अधिकतम मुल्य ३ लाख ५० हजार रहेको थियो । तर कुनेै पनि टोलीले उनीहरुमाथि बोली लगाएनन् ।

त्यस्तै ए क्याटोगोरीमै रहेका थ्री स्टार क्लबका कप्तान विक्रम लामा र लिग विजेता मच्छिन्द्र फुटबल क्लबका स्ट्राइकर अभिषेक रिजाललाई भित्राउन कुनेै क्लब इच्छुक देखिएनन् । अभिषेकले गत सिजन बुटबल–लुम्बिनी एफसीबाट खेलेका थिए । ए क्याटोगोरीमै रहेका राष्ट्रिय टोलीका स्ट्राइकर सुमन लामा प्रारम्भिक चरणमा अनसोल्ड रहे पनि विस लिस्टबाट न्युनतम मुल्य १ लाख ५० हजार रुपैयाँमा काठमाडौं रेजर्समा अनुबन्धन भए ।

अक्सनका लागि नाम दर्ता गराएका २ सय ४२ खेलाडीलाई तीन क्याटोगोरीमा विभाजन गरिएको थियो । जसअन्तर्गत ए क्याटागोरीमा ४९, बी क्याटागोरीमा १ सय १ र सी क्याटागोरीमा पनि १ सय १ खेलाडीहरु रहेका थिए ।

ए क्याटोगोरीमा रहेका खेलाडीको न्युनतम मुल्य एक लाख ५० हजार र अधिकतम मुल्य ३ लाख ५० हजार रुपैयाँ रहेको थियो । ए श्रेणीका खेलाडीका लागि सहभागी १० क्लबले एक पटक गोल्डेन बजरको थिच्न पाउने प्राबाधान राखिएको थियो । जसमा क्लबले सो खेलाडीलाई अधिकतम ३ लाख ५० हजार रुपैयाँमा खरिद गर्ने प्राबधान राखिएको थियो  ।

गोल्डेन बजरमार्फत राष्ट्रिय टोलीका रक्षक सुमन अर्याल बुटवल–लुम्बिनी एफसी, गोलकिपर दिप कार्की विराटनगर एफसी, सुनिल बल काठमाडौं रेजर्स, दिनेश राजवंशरी पोखरा थन्डर्स, मान बहादुर तामाङ विरजंग युनाइटेड, पुजन उपरकोटी धनगढी एफसी, निशान खड्का झापा एफसी, विशाल सुनार ललितपुर सिटी एफसी र गौतम श्रेष्ठ स्पोर्टिङ इलाम एफसीले अनुबन्धन गरेका थिए ।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म काठमाडौं र पोखरा गरी दुई शहरमा आयोजना हुँदै छ । १० टोलीबीच प्रतिस्पर्धा हुने प्रतियोगितामा यस सिजन तीन टोली समावेश गरिएको छ । अघिल्लो सिजन १० टोलीले प्रतिस्पर्धा गर्दा काठमाडौं रेजर्सले धनगढी एफसीलाई फाइनलमा १–० ले पराजित गर्दै च्याम्पियन भएको थियो ।