८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोप-२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै



अ+ अ-

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि (युएनएफसीसीसी) पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप–२६) मा नेपालले हिमालमा हिउँ पग्लिएको विषयलाई प्रथमिकता दिने भएको छ ।

सर्वोच्च शिखर सगरमाथालगायत तीन हजार भन्दा बढी हिमाल भएको देश नेपालले यो सम्मेलनमा ‘माल्ट माउन्ट’को मुद्दा प्रमुख रुपमा उठाउने तयारी गरेको छ। कात्तिक १५ गतेदेखि शुरु हुने कोप–२६ मा जलवायु परिवर्तनले पारेको असरका कारण हिमालमा हिउँ पग्लिएर हिमरेखामाथि चढ्न थालेपछि यो मुद्दाका विषयमा समग्र देशको सरकारी तथा गैरसरकारी संस्थाको संयुक्त अवधारणापत्रमा समेत उठेको छ ।

जलवायु परिर्वतन सम्बन्धी पक्ष मुलुकहरुको २६ औं सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागी जनाउनु हुने भएको छ । सरकार प्रमखको नेतृत्वमा सहभागिता जनाउने भएपछि जलवायु जन्य क्षति र हानी नोक्सानीको मुद्धालाई विशेष प्राथमिकता दिएर उठाउने तयारी नेपालले गरेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिनुभयो ।

नेपालमा आठ हजार मिटर माथिका मात्र आठ वटा हिमाल रहेका छन् भने बाँकी सानासहित ४०४ वटा हिमाल सरकारले पहिचान गरी आरोहणका लागि खुल्ला गरेको छ । जलवायु परिवर्तनको असर बढी नेपालले सामना गर्नु परेकाले यी विषयसँगै यी मुद्दा प्रमुख हुनेछ, उहाँले भन्नुभयो ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्र र सो क्षेत्रको पारिस्थितिकीय प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमा प्रभाव पारेको उहाँको भनाइ रहेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।