१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एपीएफ ब्याण्ड र ब्याण्ड अफ दी ब्रिगेड अफ ब्रिटिस गोर्खाद्वारा सामुहिक सांगितिक प्रस्तुती



अ+ अ-

काठमाडौं। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा एपीएफ ब्याण्ड र ब्याण्ड अफ दी ब्रिगेड अफ ब्रिटिस गोर्खा ब्याण्डद्वारा शुक्रबार सामुहिक ब्याण्ड प्रस्तुती भएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड र ब्याण्ड अफ दी ब्रिगेड अफ ब्रिटिस गोर्खाबीच बिगत देखि नै निरन्तर रुपमा सांगितिक प्रशिक्षण तथा सामुहिक प्रस्तुती  आयोजना हुँदै आएकोमा खुशी व्यक्त गर्नुभयो ।

फौजी संगठनमा ब्याण्डको महत्वबारे प्रकाश पार्नुहुँदै संगीतले मावन स्वास्थ्यमा पुर्‍याउने फाईदाकोसाथै स्ट्रेस म्यानेजमेन्टमा पार्ने सकारात्मक प्रभाव बारे चर्चा गर्नुकासाथै महानिरीक्षक खनालले उक्त सामुहिक प्रस्तुतीको मुक्त कण्ठले प्रशंसा गर्नुहुँदै आगामी दिनमा समेत यस्ता सहकार्य निरन्तर भईरहने विश्वास व्यक्त गर्नुभयो  सो अवसरमा महानिरीक्षक खनालले नेपालका लागि यू।के। का सैनिक सहचारी कर्णेल पावल स्मिथलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुकासाथै  ब्याण्ड अफ दी ब्रिगेड अफ ब्रिटिस गोर्खाका ब्याण्ड मेम्बरहरुलाई सशस्त्र प्रहरी बल नेपालको ब्याच प्रदान गर्नुभयो ।

त्यसअवसरमा महानिरीक्षक खनालको सम्मानमा सामुहिक ब्याण्डले गार्ड अफ अनर दिनुकासाथै नेपाल र यू।के।को राष्ट्रिय धुन, शैलेन्द्र शरदद्वारा रचना गरिएको सशस्त्र प्रहरी बल नेपालको गीत ‘बीर हुँ म बीर बन्न चाहन्छु’को संगीती प्रस्तुती गर्नुकासाथै विश्व चर्चित बिभिन्न संगीत प्रस्तुत गरेका थिए ।