२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनिश उप्रेतीको गीत सार्वजनिक



अ+ अ-

काठमाडौ ।द भ्वाइस किड्स’ को विजेता जेनिश उप्रेतीको आवाज रहेको ‘बाटो’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा बालगायक जेनिशकै वास्तविक कथालाई उतारिएको छ । गायक प्रमोद खरेल स्वयंको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा जेनिश र प्रमोदसँगै लक्ष्मी बर्देवा, जीवन वली, सुनील नेपाली, भानुभक्त ढकाल लगायतको अभिनय छ । भुपेन्द्र खड्काको शब्द रहेको गीतमा भानुभक्त ढकालको संगीत सुन्न सकिन्छ ।

गीत सार्वजनिक कार्यक्रममा गायक प्रमोद खरेलले जेनिशको वास्तविक कथालाई भिडियोमा उतार्नु चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘यो भिडियोलाई म आफैंले गर्नुको कारण म जेनिशसँग एकदमै नजिक थिएँ । यही कारणले भिडियो बनाउन केही सजिलो पनि भयो । भिडियोमा प्रायः कुराहरु रियल छन् । भिडियोमा जेनिशले आफ्नो आमालाई नै सम्झिएर अभिनय गरेको छ, जुन अद्भुत छ ।’

भिडियोमा जेनिशको आमाको भूमिका निर्वाह गरेकी अभिनेत्री लक्ष्मी बर्देवाले चरित्रमा आफूलाई ढाल्नका लागि जेनिशले आमाको सम्झना गरेको भिडियो र जेनिशको आमाको फोटोहरु हेरेर पहिरनमा ध्यान दिएको बताइन् । प्रमोद खरेलले भिडियोको कन्सेप्ट सुनाउँदा आफ्नो गहभरी आँशु भएको गायिका बर्देवाले बताइन ।

बालगायक जेनिशले भने भिडियोको छायांकनको बेला गाह्रो भएको स्मरण गरे । उनी भन्छन्, ‘भिडियोको छायांकनको बेला अलि गाह्रो भएको थियो । तर, पछि आफूले गरेको अभिनय हेर्दा हाँसो पनि लाग्यो र खुसी पनि भएँ ।’ आफ्नो दिवंगत आमाको रोलमा लक्ष्मी बर्देवाले अभिनय गर्दा आफ्नै आमा जस्तो लागेको उनले बताए ।