१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पिन जादूगर शेन वार्नको निधन



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाका दिग्गज लेग स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । फक्स न्यूजका अनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो । 

वार्नले शुक्रबार बिहान अस्ट्रेलियाका पूर्व विकेटकिपर ब्याट्सम्यान रड मार्सको निधनमा ट्वीट गरेका थिए । 

यसमा उनले मार्सको निधनप्रति दुःख व्यक्त गरेका छन् । यो उनको जीवनको अन्तिम ट्वीट साबित भयो।

रिपोर्टका अनुसार शेन वार्न आफ्नो भिलामा बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनलाई अस्पताल लगियो । चिकित्सकको हर प्रयास गर्दा पनि उनलाई बचाउन सकेनन् । 

यति कम उमेरमा हृदयघात हुनुको प्रमुख कारण वार्नको चुरोट र मदिराको लत मानिएको छ । वार्न एक चेन स्मोकर थिए र प्रायः उनी चुरोट पिउने गरेको देखिन्थे । साथै उनी अत्याधिक रक्सी पिउँथे ।

शेन वार्नले २३ वर्षको उमेरमा सन् १९९२ मा भारतविरुद्धको सिड्नी टेस्टबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । उनले आफ्नो अन्तिम टेस्ट म्याच सन् २००७ को जनवरीमा सिड्नीमा इङ्ल्यान्डविरुद्ध खेलेका थिए।

उनले आफ्नो खेल जीवनमा ७०८ टेस्ट विकेट लिएका थिए भने १९४ एक दिवसीय क्रिकेट खेलेर २९४ विकेट लिएका थिए ।