१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

प्रचण्ड र माधव नेपालहरुले नेपाली जनतामाथि सबैभन्दा बढि घात गरे: साना बामदल

प्रचण्ड र माधव नेपालहरुले नेपाली जनतामाथि सबैभन्दा बढि घात गरे:  साना बामदल
अ अ+ अ-

काठमाडौ  । एमसीसी संसदबाट पारित गरेको बिरोधमा विभिन्न आठ वटा राजनीतिक दलहरुले काठमाडौंमा बिरोध प्रर्दशन गरेका छन् । संसदबाट पारित गरिएको एमसीसी राष्ट्रघाती भएको उल्लेख गर्दै साना बाम राजनीतिक दलहरुले शुक्रबार काठमाडौंको टुँडिखेलमा बिरोध प्रर्दशन गरेका हुन । बिरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसीसी सम्झाैता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिनु भयो ।

उहाँले त्यसका लागि एकतावद्ध भएर अघि बढन पनि सबै देशभक्त, क्रान्तिकारीहरुलाई आह्वान गर्नु भयो । एमसीसी पारित गरेसँगै संसदको औचित्य समाप्त भएको भन्दै महासचिव चन्दले अव देशलाई जोगाउने दायित्व नेपाली जनताको काँधमा आएको बताउनुभयो । उहाँले प्रचण्ड–माधव नेपालले एमसीसी संसदबाट पारित गराएर देश र जनताप्रति ठूलो घात गरेको आरोप लगाउनु भयो । एमसीसी खारेज गर्नुपर्ने र त्यसका लागि सबैले आफूहरुलाई साथ दिनुपर्ने महासचिव चन्दको भनाई थियो । महासचिव चन्दले भन्नु भयो, ‘कम्युनिष्ट भनिने नेताहरु, एमालेका नेताहरु, माओवादीका नेताहरुले देशलाई संसदबाट बेचिरहेका छन ।

आजको दिनमा प्रचण्डको अनुहार सबैभन्दा हेर्न लायक छ । गरिव देशहरुमाथि यस्तो काम गर्नेछ । नेपाली जनताले एमसीसीको विरोध गरिरहेका छन । हरेक पार्टी भित्र यसको विरोध भईरहेको छ । जनताले खारेजको माग गरेका छन । तर नेपालका संसदहरुले देश बेचेर खान्छन । त्यो सार्वभौम संसद हो । यो संसदको औचित्य सकियो । प्रचण्ड र माधव नेपालहरुले नेपाली जनतामाथि सबैभन्दा बढि घात गरे । एमसीसी लागु हुने छैन । त्यो लागू हुन दिँदैनौं । एमसीसी गुमनाम लागु हुन्छ भन्नु मुर्खता हो । यसलाई लागू गर्न नदिएर खारेज गरिदिनु पर्छ । नेपालको जीवनमा भयानक दूर्घटना लिएर आउँछ, एमसीसीले । संसदले देशको रक्षा गर्न सकेन । जनताले गर्नुपर्छ । हाम्रो यही आग्रह छ । १२ बुदे ब्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैन । देशभक्त शक्तिहरु एक होऔं । कम्युनिष्ट क्रान्तिकारी एक होऔं ।’

नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले एमसीसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई खारेज गर्न पहल गर्न सबै देशभक्त, क्रान्तिकारीहरुलाई आह्वान गर्नु भयो । उहाँले राष्ट्रघाती एमसीसी पारित गर्ने संसदको पनि औचित्य समाप्त भएको चेतावनी दिनु भयो । उहाँले संसदबाट पारित गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले समर्थन नगरेको पनि पटकपटक दोहो¥याउनु भयो । नेता गजुरेलले भन्नु भयो, ‘देशभक्तहरु छन भने उनीहरुले हाम्रो मोर्चामा आउन । एमसीसी जुन पारित भएको छ । यहाँको संसदमै प्रश्न उठेको छ । संसद राष्ट्रघात गर्नका लागि होकि होईन । जव राष्ट्रघाती सम्झौंता पारि भयो, तव संसदको औचित्य समाप्त भयो । एमसीसी राष्ट्रघाती हो भन्ने जनमत बढेको छ । अमेरिकाको विरुद्धमा जनमत सृजना गर्नुप¥यो । राष्ट्रिय युद्धको वातावरण बनाउनु पर्छ । १२ बुँदे ब्याख्यात्मक घोषणाबारे अमेरिकाले कुनै टिप्पणी गरेको छैन । त्यसमा समर्थन ग¥यो भन्नु गलत हो । अमेरिकी सरकारले समर्थन गरेको छैन । एमसीसीलाई खारेज गर्न लाग्नुपर्छ । त्यसका निम्ति हामीसँग जनमत चाहिन्छ । यो भयो भने यसलाई खारेज गर्न सकिन्छ । एमसीसीलाई खारेज गर्ने अभियान लिएर अघि बढौं । एमसीसीकै कारण क्रान्तिकारी एक हुने अवस्था आएको छ । जनतालाई गोलबन्द गरौं । र, राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अघि बढाउन जरुरी छ ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी कार्यान्वयनमा आएमा नेपालको हालत युद्धरत मुलुकहरु इराक, सिरिया, अफगानिस्तानको जस्तो हुने चेतावनी दिनु भयो । उहाँले एमसीसी राष्ट्रधाती सम्झौंता भएको उल्लेख गर्दै त्यसको प्रतिवादमा उत्रन पनि सबैलाई अपिल गर्नु भयो । अध्यक्ष केसीले अमेरिकीको समर्थनमा निर्वाचन जित्नका लागि ठूला राजनीतिक दलहरुले प्रतिस्पर्धा गरेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौंता पारित गराएको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो, ‘अमेरिकी आर्शिवाद लिएर चुनाव जित्नका लागि ठूला दलहरुले एमसीसी संसदबाट पारित गराउन प्रतिस्पर्धा गरे । देशको हितमा होईन । नेपाली जनताको हितमा होईन । राष्ट्रियताको संरक्षण गर्न होईन । त्यसको सौदाबाजी गरेर आज मुलुक अप्ठयारो स्थितिमा गएको छ । म उपस्थिति सबै दाजुभाई दिदीबहिनीहरुलाई के भन्नु भने–एमसीसी लागू भयो भने नेपालीहरु विदेश जानुपर्दैनसम्म भनेका छन, तिनका दलालहरुले । एमसीसी नेपालमा पास भयो भने हाम्रा छोराछोरीहरु कोही पनि विदेश जानु पर्दैन रे । काम मिल्छ रे ।

अहिलेसम्म दशौं खर्व विदेश पैसा आएको छ । त्यसको ब्याज खर्च गरेर साँवा उनीहरुले खाई राखेका छन । ब्याज जनताको नाममा खर्च गरेका होलान । त्यसकारणले यस खालको झुट कुरा गरिराखेका छन र जुनसुकै मूल्यमा पनि एमसीसी पारित गरेनौ भने हाम्रो स्थिति अफगानिस्तानको हुनेछ । हाम्रो स्थिति इराकको हुनेछ । हाम्रो स्थिति सिरियाको हुनेछ । यो मैले भावावेशमा आएर भनेको छैन । आज नेपाली जनताले देशका विभिन्न ठाउँमा एमसीसीको विरोध गरिराखेका छन ।’

विरोध सभामा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चासहितका विभिन्न राजनीतिक दलका नेताहरुले एमसीसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा आउन नदिन सशक्त आन्दोलन गरेर अघि बढनुको विकल्प नरहेको बताएका थिए ।