
काठमाडौ । मल्लकालीन सभ्यताको प्रतिक मानिने ढुंगेधारा काठमाण्डौ उपत्यका पर्याय मानिन्थ्यो । केहि वर्ष अघिसम्म पानी बगिरहेका ढुंगेधारा भएको स्थानमा कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने स्थानमा परिणत भएका छन् ।
काठमाण्डौ क्षेत्रका एक दुई स्थानका बाहेक ढुंगेधारा हराइसकेका छन् । भक्तपुरमा संरक्षणको अभियान थालिएको छ । यता पाटनमा रहेका ढुंगेधाराहरु संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन् ।
ललितपुरको दक्षिण टिकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरु सुक्दै जाँदा यी ढुंगेधाराहरु सुक्न थालेका हुन् । बढ्दो शहरीकरणका कारण घर लगायतका संरचनाहरु बन्दै जाँदा पानी बग्ने र जमिन मुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुंगेधारा सुकेको स्थानीयहरु बताउछन् । वर्षा याममा मात्रै पानी झर्ने यी ढुंगेधाराहरु पानी बग्ने ठाँउ नपाउदा पनि कुरुप बन्दै गएका छन् ।
यसैक्रममा काठमाण्डौ उपत्यकाको ढुंगेधाराहरुको अवस्था खोज्ने क्रममा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरुले पाटन क्षेत्रमा संकलन गरेको ढुंगेधाराहरुको तस्वीरहरु –