९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडो मौसममा रायोको साग खानुको यस्ता छन् ६ फाईदा !



अ+ अ-

काठमाडौं । जाडो मौसम आउन साथ रायोका सागहरु बजारमा पाउन थाल्छन् । घर वरिपरि नै देख्न सक्छौँ रायो साग फलाएको । यसका फाइदाहरु धेरै छन् जुन हामीलाई थाहा पनि हुँदैन । यो सागमा धेरै प्रकारका भिटामिन समेत पाइन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।

१) गर्भवतीलाई लाभ गर्छ
गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भव्ती महिलाका लागि उपयुक्त हुन्छ ।

२) मुटु बलियो बनाउँछ
मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।

३) स्मरणशक्ति बढाउँछ
उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

४) महिनावारीमा राहत दिन्छ
रायोको सागमा पाइने भिटामिन–केले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ ।

५) शरीरका विकार फाल्छ
रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तरल्ले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् ।

६) बाथका रोगीलाई राहत दिन्छ
रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।
 

(एजेन्सीको सहयोगमा)