१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नेपाली सेनाले थाल्यो ठूलोढुङ्गा (पल्सुङ ओढार)को जोखिम हटाउन

नेपाली सेनाले थाल्यो ठूलोढुङ्गा (पल्सुङ ओढार)को जोखिम हटाउन
अ अ+ अ-

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगीगाउँमा बस्तीमाथि रहेको ठूलोढुङ्गा (पल्सुङ ओढार)लाई नेपाली सेनाको जबरजङग गणले हटाउन सुरु गरेको छ ।

विसं २०७२ को भूकम्पको कम्पनले डगमगाएको ढङ्गा हरेक वर्ष स्थान छाडेर बग्न थालेसँगैँ त्यसलाई सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर हटाउन सुरु गरेको हो । ढुङ्गाले बस्तीमा जोखिम पु¥याएसँगै स्थानीयवासीको आग्रहमा दुप्चेश्वर गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिमा ढुङ्गा हटाइदिन गरेको आग्रह अनुसार आजदेखि काम सुरु गरिएको छ । उक्त ढुङ्गाले नेगीगाउँका ४७ घरधुरी बासिन्दासहित एक आधारभूत विद्यालय जोखिममा परेको प्राविधिक प्रतिवेदनका आधारमा नेपालमा उपलब्ध प्रविधि, स्रोतसाधनको परिचालन गरेर ढुङ्गा हटाउन दुप्चेश्वर गाउँपालिकासँग गरेको सम्झौता अनुसार काम थालिएको जबरजङग गण देवीघाटका गणपति (प्रमुख सेनानी) अरुण कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत सोमबारदेखि प्राविधिक टोली पुगेपनि आवश्यक उपकरण हेलिकप्टरमार्फत बुधबार त्यहाँ पुराएसँगै ढुङ्गा फुटाउने पहिलो ब्लाष्टिक आज गरिएको हो । “मानवीय सहायताबाट हटाउन प्रयास गरेपनि त्यो सम्भव देखिएन”, प्रमुख सेनानी कार्कीले भन्नुभयो, “नेपालमा उपलब्ध उपकरणसहित स्रोतसाधनलाई हेलिकप्टरमार्फत पु¥याइ विस्फोटक पदार्थको सहयोगले जोखिम ढुङ्गा हटाइने छ ।”

नेपाली सेना र नागरिकबीचको सम्बन्ध थप मजबुद बनाउन प्राप्त जिम्मेवारीको काम सैनिक टोलीमार्फत अघि बढाइएको हो । जबरजङग गणको नेतृत्वमा नेपाली सेनाको एकसय जना सैनिकलाई ढङ्गा हटाउन दुई महिना लाग्ने अनुमान गरिएको छ । उक्त ढुङ्गालाई स्थानीय तामाङ समुदायले पल्सुङ ओढार भन्ने गरेका छन् ।

तामाङ भाषामा पल्सुङ भनेको ठूलो हो । त्यहाँ दुई ठूला ढुङ्गा मिलेर ओढार बनेको छ । ओढारमा स्थानीयवासीले दाउरा, खोस्टा राख्ने तथा बारीमा काम गर्दा आराम गर्ने स्थल बनाएका थिए । ढुङ्गाको तौल र आकार के कति परिणाममा भन्ने एकीन नभए पनि बाहिरी सतह २० हजार घनामिटर भन्दाबढीको हुनसक्ने अनुमान गरिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो । उहाँका अनुसार ढुङ्गा अडिएको स्थान भीरक्षेत्र र स्थान्तरण गरिएको बस्ती नजिकैपर्ने हुँदा दिउँसो मात्रै काम गरिने नेपाली सेना र पालिकाबीच भएको सम्झौतामा उल्लेख छ । 

ढुङ्गा हटाउन रु एक करोड लाग्ने अनुमान 

जोखिम ढुङ्गा हटाउन प्रारम्भिक अध्ययनमा रु एक करोड लाग्ने देखिएको छ । गाउँपालिकासँगको सहकार्यमा नेपाली सेना र प्राविधिक टोलीको स्थलगत अध्ययनमा ढुङ्गालाई विस्फोटक पदार्थको प्रयोग गरेर हटाउन चाहिने सामग्री खरिद, ढुवानी, जनशक्ति र जोखिम बस्तीका बासिन्दालाई स्थान्तरणका लागि रु एक करोड लाग्ने देखिएको हो । 

त्यसको लागि सङ्घीय सरकारले रु २५ लाख, बागमती प्रदेश सरकारलाई रु २० लाख र दुप्चेश्वर गाउँपालिकाले रु ४० लाख उपलब्ध गराइसकेको छ । “अहिले अनुमान गरिएको बजेट ढुङ्गा फुटाउन र सो क्रममा हुनसक्ने दुर्घटनाबाट स्थानीयवासीलाई जोगाउन अस्थायी टहरा निर्माण गरेर स्थान्तरणको लागि खर्च गरिने छ”, अध्यक्ष तामाङले भन्नुभयो, “ढुङ्गालाई विस्फोट गराउँदा उछिट्टिएर बस्तीका अधिकांश घर क्षति पुग्नसक्ने देखिएको त्यसको पुनःनिर्मणको लागि अतिरिक्त बजेट आवश्यक पर्दछ । ” 

जनप्रतिनिधिको चासो 

विसं २०७२ वैशाख १२ मा गएको शक्तिशाली भूकम्पले डगमगाएको ढुङ्गा क्रमशः बग्ने क्रममा पाँच वर्षपछि आफ्नो स्थान छाड्न सुरु गरेको हो । विसं २०७७ भदौ दोस्रो साता परेको वर्षातले ढङ्गाले जगसतह छाडेसँगैँ स्थानीयवासीलाई सुरक्षित बनाउने काम १८ महिनापछि सुरु भएको हो । नेगीबस्तीलाई ढुङ्गाले जोखिम बनाएसँगैँ विसं २०७७ भदौमा उक्त क्षेत्रबाट निर्वाचित सङ्घीय सांसद हितबहादुर तामाङ, प्रदेशसभा सदस्यमा निर्वाचित बागमती प्रदेशको उपसभामुख राधिका तामाङले राहत र सुरक्षित स्थानमा बसोबासको प्रबन्ध मिलाउन कसरत थाल्नुभएको थियो ।

सरोकारवाला सबै पक्षको प्रयासले ढुङ्गा हटाउन सङ्घीय र प्रदेश सरकारबाट बजेट व्यवस्थापनदेखि नेपाली सेनालाई जिम्मेवारी दिन निरन्तरको पहलले काम अघि बढेको हो । सैनिक टोलीले ढङ्गा हटाउन सुरु गर्न लागेसँगै आवश्यक सहयोगको प्रतिबद्धता तथा प्रभावित बासिन्दालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले बुधबार सोही स्थानमा पुगेर चासो देखाउनुभयो ।

जोखिम बस्तीका करिब २५० जनालाई सुरक्षित बासस्थान बनाएसँगै त्यहाँ चाहिने खानेपानी, विद्युत्, शौचालय, आउजाउ गर्न सहज बाटो, बालबालिको पढाइलगायतका गतिविधि सहज बनाउन प्रवक्ता डा महतले दुप्चेश्वर गाउँपालिकालाई आग्रह गर्नुभयो । –रामहरि न्यौपाने