८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशुको सट्टा ढुंगा झार्दै रुन्छिन् यी बालिका, के हो रहस्य ?



अ+ अ-

भारतको एक दुर्गम क्षेत्रकी १५ वर्षीया एक बालिकाको आँखाबाट दैनिक रुपमा ढुंगा निस्कने गरेको छ । पछिल्लो दुई महिनादेखि यस्तै हुँदै आइरहेको बालिकाको आफन्तहरुले बताएका छन् । तर डाक्टरहरुले यसको कुनै वैज्ञानिक आधार नरहेको बताउँदै आएका छन् । बालिकाको परिवारका अनुसार गत जुलाई १७ देखि उनको आँखाबाट साना ढुंगाहरु खस्न थालेको हो। त्यसयता, दैनिक रुपमा उनी १० देखि १५ पटक यसरी ढुंगा झार्दै रुन्छिन् । 

यस्तो समस्या सुरु भएयता परिवारले उनको आँखाबाट झरेका झन्डै ७० वटा स–सना ढुंगाहरु संकलन गरेर राखेको छ ।  चाँदनी नामकी  यी बालिकाको आँखाबाट बिहानै ६ बजे साना ढुंगाहरु झर्न थाल्छन् र साँझसम्म यो क्रम जारी रहन्छ । तर, रातको समयमा भने ढुंगा झर्दैन । 

केही दिनअघि भाइरल भएको छोटो भिडियोमा चाँदनीको देब्रे आँखाबाट सानो ढुंगा झरेको देखिन्छ । यसको छोटो समयपछि दायाँ आँखाबाट अर्को ढुंगा झर्छ । र उत्तर प्रदेश राज्यस्थित गादिया बलिदस्पुर गाउँका चाँदनीका गाउँले र उनका आफन्तहरु यी बालिकाले रुँदै ढुंगा झार्ने गरेको विषयमा सहमत छन् । तर, नेत्र विज्ञानका ज्ञाताहरु यस्तो विषय असम्भव रहेको बताउँछन् । 

भारतका चर्चित नेत्र विज्ञान चिकित्सक डाक्टर अवदेश कुमारले यस्तो कुराको कुनै वैज्ञानिक आधार नरहेको बताए । उनले चर्चामा आउनका लागि बालिका आफैंले आँखामा ढुंगा हालेको वा अरु कसैले यस्तो गरिदिएको हुनसक्ने बताए ।

दुर्गा आँखा अस्पतालका निर्देशक डाक्टर निरज गुप्ताले यस्तो विषय चिकित्सा विज्ञानसम्मत नरहेको र चर्चाका लागि यस्तो गरिएको हुनसक्ने बताए । गरिबीका कारण चाँदनीको परिवारले परीक्षणका लागि व्यवसायिक चिकित्सकहरुलाई देखाउन सकेको छैन । त्यहीकारण उनको स्वास्थलाई लिएर देखिएको रहस्यको गुत्थी पनि सुल्झिएको छैन ।