• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट ★   प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाए ★   संसदीय समिति नबनेसम्म सदन चल्न नदिने ‘मुड’मा विपक्षी दल ★   ‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु: उपसभामुख राना (अन्तरवार्ता) ★   न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री

आशुको सट्टा ढुंगा झार्दै रुन्छिन् यी बालिका, के हो रहस्य ?



भारतको एक दुर्गम क्षेत्रकी १५ वर्षीया एक बालिकाको आँखाबाट दैनिक रुपमा ढुंगा निस्कने गरेको छ । पछिल्लो दुई महिनादेखि यस्तै हुँदै आइरहेको बालिकाको आफन्तहरुले बताएका छन् । तर डाक्टरहरुले यसको कुनै वैज्ञानिक आधार नरहेको बताउँदै आएका छन् । बालिकाको परिवारका अनुसार गत जुलाई १७ देखि उनको आँखाबाट साना ढुंगाहरु खस्न थालेको हो। त्यसयता, दैनिक रुपमा उनी १० देखि १५ पटक यसरी ढुंगा झार्दै रुन्छिन् । 

यस्तो समस्या सुरु भएयता परिवारले उनको आँखाबाट झरेका झन्डै ७० वटा स–सना ढुंगाहरु संकलन गरेर राखेको छ ।  चाँदनी नामकी  यी बालिकाको आँखाबाट बिहानै ६ बजे साना ढुंगाहरु झर्न थाल्छन् र साँझसम्म यो क्रम जारी रहन्छ । तर, रातको समयमा भने ढुंगा झर्दैन । 

केही दिनअघि भाइरल भएको छोटो भिडियोमा चाँदनीको देब्रे आँखाबाट सानो ढुंगा झरेको देखिन्छ । यसको छोटो समयपछि दायाँ आँखाबाट अर्को ढुंगा झर्छ । र उत्तर प्रदेश राज्यस्थित गादिया बलिदस्पुर गाउँका चाँदनीका गाउँले र उनका आफन्तहरु यी बालिकाले रुँदै ढुंगा झार्ने गरेको विषयमा सहमत छन् । तर, नेत्र विज्ञानका ज्ञाताहरु यस्तो विषय असम्भव रहेको बताउँछन् । 

भारतका चर्चित नेत्र विज्ञान चिकित्सक डाक्टर अवदेश कुमारले यस्तो कुराको कुनै वैज्ञानिक आधार नरहेको बताए । उनले चर्चामा आउनका लागि बालिका आफैंले आँखामा ढुंगा हालेको वा अरु कसैले यस्तो गरिदिएको हुनसक्ने बताए ।

दुर्गा आँखा अस्पतालका निर्देशक डाक्टर निरज गुप्ताले यस्तो विषय चिकित्सा विज्ञानसम्मत नरहेको र चर्चाका लागि यस्तो गरिएको हुनसक्ने बताए । गरिबीका कारण चाँदनीको परिवारले परीक्षणका लागि व्यवसायिक चिकित्सकहरुलाई देखाउन सकेको छैन । त्यहीकारण उनको स्वास्थलाई लिएर देखिएको रहस्यको गुत्थी पनि सुल्झिएको छैन ।