१ भाद्र २०८३, सोमबार
,
Latest
दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैनः सभापति थापा मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध रास्वपामा कुनै गुट छैनः सभापति लामिछाने स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पदा पुनर्निर्माणको काम छुटेको भए जानकारी गराउन महानगरको अपिल



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन अपिल गरेको छ । 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरुको पुनर्निर्माणको काम भईसकेको दावी गर्दै कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल गर्नु भएको हो । शनिबार काठमाडौंको क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटन पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले काठमाडौं महानगरपालिका बाहिरका सम्पदाहरुको पुनर्निर्माणमा पनि काठमाडौं महानगरपालिकाले सहयोग गरेको बताउनु भयो । 

उहाँले चुनावमा आफूहरुले गरेको प्रतिवद्धता अनुसार नै सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिएको दावी समेत गर्नु भयो । महानगरपालिकाले पूरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउने गरी स्पष्ट नीति लिएको र सोही अनुसार काम भइरहेको मेयर शाक्यको भनाई थियो ।

मेयर शाक्यले काठमाडौं महानगरपालिकाले नगर टू नगर साझेदारी कार्यक्रम अन्तरगत अन्य नगरपालिकाहरुको सम्पदा निर्माणमा पनि सहयोग गरिरहेको बताउनु भयो ।