१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छः एमाले अध्यक्ष ओली

खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छः एमाले अध्यक्ष ओली
अ अ+ अ-

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि जारी नेपाल आइस पाँचौँ झापा गोल्डकपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो । “खेलकुद एउटा पोलिटिकल पार्टी होइन, खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि सबै पार्टी, सबै सङ्घसंस्था र सरोकारवालालाई लाग्न म आग्रह गर्छु ।”

खेलकुद क्षेत्रको विकास सबैको चासो, चिन्ता र उन्नतिको विषय भएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफू सदैव लागिपरेको र लागिपर्ने धारणा राख्नुभयो । झापा गोल्ड कपको सफताको कामना गर्दै अध्यक्ष ओलीले खेलाडीलाई इमान्दार भएर खेल्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “खेलमा दक्षता प्रयोग गर्नुहोस्, कपट होइन, दक्षताबाटै खेल जित्न म आग्रह गर्छु ।” आफ्नो पार्टी नेकपा (एमाले)ले खेल क्षेत्रको विकासलाई विशेष महत्व दिएको उहाँको भनाइ थियो ।

रङ्गशाला निर्माणका लागि डोमालाल राजवंशीको परिवारले दान दिएको जग्गामा कसैले आँखा नलाउन उहाँले आग्रह गर्नुभयो । “म डोमालाल राजवंशी परिवारलाई धन्यवाद दिन्छु, जसले जग्गा दान दिएर रङ्गशाला बनेको छ”, उहाँले भन्नुभयो, “अरुले दान दिएको जग्गामा कसैले आँखा लगाउनु हुँदैन ।”

विभिन्न १० वटा टिम सहभागी पाँचौँ संस्करणको झापा गोल्ड कपको विजेताले नगद रु १२ लाख ५५ हजार र उपविजेताले नगद रु छ लाख पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् । साथै मस्ट भ्यालुएबल प्लेयरलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु २१ हजार, उच्च गोलकर्तालाई रु २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु नौ हजार ९९९ प्रदान गरिने आयोजकले जनाएको छ ।