१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

महिला अपमानित गर्ने उखान र समाज

महिला अपमानित गर्ने उखान र समाज
अ अ+ अ-

जुन समाजआमा र छोरीको अपमान सहज सँग सह्न्छ र किशोरीको शोषणमा उसैको दोष भन्छ के त्यो उभो लाग्छ ? महिला अपमानित गर्ने उखानले हाम्रो भाबना उजगार गर्छ

अपमानजनक उखान प्रयोगमा रोक लगाउनुपर्ने विषय उठ्दा कतिपयले प्रतिवाद पनि गर्दै आएका छन्। उनीहरूको तर्क हुन्छन्- ‘यस्ता उखान हटायो भने त हाम्रो साहित्यिक भण्डार सानो हुन्छ।’ अरूलाई अपमान गर्ने उखान राख्दा होइन, हटाउँदा नै साहित्य समृद्ध हुन्छ।

महिला विरोधी उखान थुप्रै छन्। अहिले पनि ‘तरुनी बेस्से सात वटा पोइ, मर्न लागी बेस्से कोई न कोई’, ‘जब पर्‍यो राति, अनि बूढी ताती’, ‘अनुहार न दनुवार पोइ खोज्न थाली’, ‘आई बूढी मच्चिंदै, गई बूढी थच्चिंदै’ जस्ता उखान प्रयोग भइरहेका छन्। यस्ता उखानले महिलाको यौनिकताको अपमान गर्छन्।

त्यस्तै, महिलाहरू फाल्तु कुरा गर्न मात्र रुचाउँछन्, उनीहरू गम्भीर तथा महत्‍त्वपूर्ण विषयमा कुराकानी गर्दैनन् भन्ने किसिमका उखान प्रयोग भइरहेका छन्। ‘आइमाईको पेटमा कुरा पच्दैन’, ‘रुद्रघण्टी नहुनेको विश्वास नगर्नु’ भन्ने उखान यसका उदारहण हुन्।

अहिलेको समयमा पनि महिला घरभित्र मात्र बस्छन्, बस्नुपर्छ भन्ने भाव मुखरित हुने गरी उखान प्रयोगमा छन्। जस्तै, ‘लुगा धोइस् बूढी?, सुँघी हेर बुढा नै’, ‘आमा–छोराको ऐंचोपैंचो, बाबु–छोराको लेनदेन।’

त्यस्तै, अन्धविश्वासलाई बढावा दिने, कुरीतिलाई मान्ने र त्यसमा पनि महिलालाई नै अपमान हुने उखान–टुक्का प्रयोग भइरहेका छन्। ‘जो बोक्सी, उही सुँडेनी’, ‘कङ्गालको जात छैन, बोक्सीको गाउँ छैन’ लगायत उखान यसका उदाहरण हुन्।

कतिपय उखानले एकल महिलालाई होच्याउँछन्, अपमान गर्छन्। शहरमा कम भए पनि गाउँमा भने अझै पनि ‘नामर्दको भर नपर्नू, राँडीको भोज नखानू’, ‘राँडीलाई पोतेको रहर’, ‘राँडीलाई ढोग मै जस्तो होस् भन्छे’, ‘गरीबलाई दिउँला नभन्नू, राँडीलाई लैजाउँला नभन्नू’ जस्ता अपमानित गर्ने उखान सुनिने गरेका छन्।

महिलालाई वस्तुका रूपमा प्रस्तुत गर्ने, द्विअर्थी, अश्लीलता झल्किने उखान पनि प्रशस्त छन्। ‘बाह्र वर्षमा पोइ आयो, मै राँडीलाई ज्वरो आयो’, ‘मोहबत राख्ने स्वास्नी मानिसका सात वटा हुन्छन्’ उखानले महिलालाई मनोरञ्जन, भोगको सामान जस्तो मानेर हियाउँछन्।

अहिले पनि यस्ता उखान प्रयोग गर्नु कुरीति, कुसंस्कारको पक्षपोषक र अन्धविश्वासको समर्थक बन्नु हो। त्यसैले यस्ता उखान-टुक्का दैनिक जीवनमा प्रयोग नगरौं।