३ भाद्र २०८३, बुधबार
,
Latest
देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु



अ+ अ-

लागोस । नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता यहाँका डाँकू तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ । यहाँको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो ।

प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा अरु कैयौँ डाँकूलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ । १४ देखि प्रायः तस्कर र डाँकूहरुले दुःख दिने गरेको नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सो कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार त्यस क्षेत्रमा यहाँको प्रहरीले अक्टोबर १४ तारिखदेखि यस्तो कारबाही गरेको हो ।पत्रकार सम्मेलनका क्रममा यहाँको सेना तथा प्रहरीको संयुक्त फोर्सका तर्फबाट कुनै स्थानमा सेना तथा प्रहरी समेतको कारबाहीका क्रममा ती डाँकूहरु मारिएका हुन् ।