२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान न्यायाधीशविरुद्ध सर्वोच्चमा नेपाल बारको धर्ना



अ+ अ-

काठमाडौंः प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा विरुद्ध सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनको अगुवाईमा वकीलहरुले धर्ना दिएका छन् । उनीहरुले प्रधान न्यायाधीश राणाले तत्काल राजीनामा दिनु पर्ने माग गरेका छन् ।

उनीहरुले "न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधान न्यायाधीश राजीनामा देऊ" भन्ने नारा लेखिएको ब्यानर सहित धर्ना दिइरहेका छन् ।

सर्वोच्चमा गत सोमबारदेखि इजलास बस्न सकेको छैन । प्रधान न्यायाधीशविरुद्धको इजलास बहिष्कार गरेका उनीहरुले न्यायालयमा देखिएका विकृतिका विरुद्ध धर्नामा बस्नु परेको बताएका छन् । उनीहरुले हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत प्रांगणमा धर्ना दिइरहेका छन् ।

तर, अधिवक्ताहरू स्वागत नेपाल, भूमिनन्द चूडाल, आकृति रायामाझीलगायतले प्रधान न्यायाधीशले राजीनामा दिन नहुने भन्दै सेतो पट्टी बाँधेर प्रदर्शनमा भाग लिएका छन् ।