काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदय कुमार श्रेष्ठको निधन भएको छ।
लामो समयदेखि क्यान्सरबाट ग्रसित डा. श्रेष्ठको उपचारका क्रममा नर्भिक अस्पतालमा गत शुक्रबार निधन भएको नेपाल चिकित्सक संघले जानकारी दिएको छ ।
नेपाल चिकित्सक संघका महासचिव डा. वद्री रिजालले विज्ञप्ति जारी गर्दै डा. श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पुर्याएको अतुलनीय योगदान सधै स्मरणयोग्य रहने जनाएका छन् । डा. श्रेष्ठ अल्का अस्पतालमा कार्यरत थिए ।