२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानका सुप्रिमो सार्वजनिक, कान्दाहारको सभामा सम्बोधन



अ+ अ-

काबुलः अफगानिस्तानको विद्रोही समूह तालिबानका सर्वोच्च कमान्डर हैबातुल्लाह अखुन्जादाले दक्षिणी शहर कान्दाहारमा पहिलो पटक एउटा धार्मिक सभालाई सम्बोधन गरेका छन् । सन् २०१६ मा तालिबान समूहको नेतामा चुनिए पछिको यो उनको पहिलो सार्वजनिक सम्बोधन हो ।

उनले सन् २०१६ देखि अफगानिस्तानमा इस्लामिक आन्दोलनको नेतृत्व गर्दै आएका थिए । गत अगस्टमा तालिबानले अफगानिस्तानको सत्ताकब्जा गरे पनि उनी सार्वजनिक रुपमा देखा परेका थिएनन् ।

कतिपयले नयाँ तालिबान सरकार गठनमा उनको भूमिकाका बारेमा अनेक अड्कलबाजी गर्नुका साथै उनको मृत्यु भएको समेत खबरहरु सार्वजनिक भएका थिए ।

तर शनिबार उनी कान्दाहारस्थित दारुल उलूम हकिमहा मदरसाको भ्रमण गरी त्यहाँ आफ्ना लडाकू र समर्थकले बहादुरीसाथ लडेकामा प्रशंसा गर्नु भएको तालिबानका एक अधिकारीले बताएका छन् ।

मदरसाको भ्रमण गर्दा त्यहाँ कडा सुरक्षा व्यवस्था गरिएको थियो भने कुनै पनि तस्वीर वा भिडियो खिच्न निषेध गरिएको थियो । तर तालिबानले सामाजिक संजालमार्फत उनको सम्बोधनको १० मिनेटको अडियो सार्वजनिक गरेको छ ।

त्यस अडियोमा अखुन्जादाले धार्मिक प्रवचन दिएको सुनिन्छ । भाषणमा कुनै राजनीतिक विषयलाई छोएको पाइन्न तर उनले तालिबानको नेतृत्वलाई ईश्वरीय कृपा हुने विश्वास गरिएको छ ।

अखुन्जादा सामान्य धार्मिक नेताबाट तालिबानको सर्वोच्च नेतासम्म पुग्न सफल भएका हुन् । सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा तालिबानका सर्वोच्च नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्जादालाई त्यो जिम्मेवारी दिइएको थियो ।

अखुन्जादाले तालिबानको नेतृत्व लिएसँगै उनले अलकायदाका प्रमुख आयमान अल–जवाहिरीको समर्थन प्राप्त गर्न सफल भएका थिए । मुल्लाह अख्तर मन्सुरको मृत्यु भएपछि तालिबान समूहभित्र उत्पन्न नेतृत्वको विवाद अखुन्जादाको नियुक्तिसँगै सुल्झेको थियो ।

तर तालिबान समूहभित्र अखुन्जादाको भूमिका खासगरी धार्मिक मामिलामा बढी केन्द्रित थियो । इस्लामिक पर्वहरुमा शुभकामना दिने जस्ता कार्यहरुमा उनको नाम आउने गर्दथ्यो । उनी अधिकांश समय कान्दाहारमा रहेको विश्वास गरिन्छ ।

अखुन्जादाले गत सेप्टेम्बर ७ मा अन्तिम पटक दिएको एउटा सन्देशमा नयाँ तालिबान सरकारले अफगानिस्तानमा शरिया कानुन लागू गर्नेतर्फ अघि बढ्न आग्रह गरेका थिए । एएफपी