१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानका सुप्रिमो सार्वजनिक, कान्दाहारको सभामा सम्बोधन



अ+ अ-

काबुलः अफगानिस्तानको विद्रोही समूह तालिबानका सर्वोच्च कमान्डर हैबातुल्लाह अखुन्जादाले दक्षिणी शहर कान्दाहारमा पहिलो पटक एउटा धार्मिक सभालाई सम्बोधन गरेका छन् । सन् २०१६ मा तालिबान समूहको नेतामा चुनिए पछिको यो उनको पहिलो सार्वजनिक सम्बोधन हो ।

उनले सन् २०१६ देखि अफगानिस्तानमा इस्लामिक आन्दोलनको नेतृत्व गर्दै आएका थिए । गत अगस्टमा तालिबानले अफगानिस्तानको सत्ताकब्जा गरे पनि उनी सार्वजनिक रुपमा देखा परेका थिएनन् ।

कतिपयले नयाँ तालिबान सरकार गठनमा उनको भूमिकाका बारेमा अनेक अड्कलबाजी गर्नुका साथै उनको मृत्यु भएको समेत खबरहरु सार्वजनिक भएका थिए ।

तर शनिबार उनी कान्दाहारस्थित दारुल उलूम हकिमहा मदरसाको भ्रमण गरी त्यहाँ आफ्ना लडाकू र समर्थकले बहादुरीसाथ लडेकामा प्रशंसा गर्नु भएको तालिबानका एक अधिकारीले बताएका छन् ।

मदरसाको भ्रमण गर्दा त्यहाँ कडा सुरक्षा व्यवस्था गरिएको थियो भने कुनै पनि तस्वीर वा भिडियो खिच्न निषेध गरिएको थियो । तर तालिबानले सामाजिक संजालमार्फत उनको सम्बोधनको १० मिनेटको अडियो सार्वजनिक गरेको छ ।

त्यस अडियोमा अखुन्जादाले धार्मिक प्रवचन दिएको सुनिन्छ । भाषणमा कुनै राजनीतिक विषयलाई छोएको पाइन्न तर उनले तालिबानको नेतृत्वलाई ईश्वरीय कृपा हुने विश्वास गरिएको छ ।

अखुन्जादा सामान्य धार्मिक नेताबाट तालिबानको सर्वोच्च नेतासम्म पुग्न सफल भएका हुन् । सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा तालिबानका सर्वोच्च नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्जादालाई त्यो जिम्मेवारी दिइएको थियो ।

अखुन्जादाले तालिबानको नेतृत्व लिएसँगै उनले अलकायदाका प्रमुख आयमान अल–जवाहिरीको समर्थन प्राप्त गर्न सफल भएका थिए । मुल्लाह अख्तर मन्सुरको मृत्यु भएपछि तालिबान समूहभित्र उत्पन्न नेतृत्वको विवाद अखुन्जादाको नियुक्तिसँगै सुल्झेको थियो ।

तर तालिबान समूहभित्र अखुन्जादाको भूमिका खासगरी धार्मिक मामिलामा बढी केन्द्रित थियो । इस्लामिक पर्वहरुमा शुभकामना दिने जस्ता कार्यहरुमा उनको नाम आउने गर्दथ्यो । उनी अधिकांश समय कान्दाहारमा रहेको विश्वास गरिन्छ ।

अखुन्जादाले गत सेप्टेम्बर ७ मा अन्तिम पटक दिएको एउटा सन्देशमा नयाँ तालिबान सरकारले अफगानिस्तानमा शरिया कानुन लागू गर्नेतर्फ अघि बढ्न आग्रह गरेका थिए । एएफपी