२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः अफगानिस्तानद्वारा नामिविया ६२ रनले पराजित



अ+ अ-

एजेन्सी । आइसीसी टी–२० विश्वकप अन्तर्गत अफगानिस्तानले नामिवियालाई पराजित गरेको छ । आइतबार शेअ जायद मैदानमा भएको खेलमा अफगानिस्तानले नामिवियालाई ६२ रनले पराजित गरेको हो । 

पहिले ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन जोड्यो । अफगानिस्तानका मोहम्मद शेहजादले ३३ बलमा ४५ रन, हजरतुल्लाह जजाईले २७ बलमा ३३ रन, अस्गर अफगानले २३ बलमा ३१ रन, मोहम्मद नाबीले १७ बलमा ३२ रन जोडे । नामिबियाका रुवेन ट्रम्पेलमान र निकोल लोफ्टी इटनले २–२ विकेट लिए भने जेजे स्मिथले १ विकेट लिए । 

अफगानिस्तानले दिएको १६१ रनको विजयी लक्ष्य पछ्याएको नामिवियाले २० ओभरमा ९ विकेटको क्षतिमा ९८ रनमात्र जोड्न सक्यो । 

नामिवियाका डेभिड विजले ३० बलमा २६ रन जोड्दा निकोल लोफ्टी इटनले १६ बलमा १४ रन जोडे । यस्तै जेरहार्ड इरासमसले १४ बलमा १२ रन जोड्दा माइकल भान लिन्जेनले ८ बलमा ११ रन जोडे । 

रुवेन ट्रम्पेलमान ९ बलमा १२ रनमा अविजित रहँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

अफगानिस्तानका नभिन अल हक र हमिद हसनले ३–३ विकेट लिए भने गुल्बादिन नइवले २ तथा रासिद खानले १ विकेट लिए । 

समूह क खेल अंक समूह ख खेल. अंक.
इङल्यान्ड अफगानिस्तान
अस्ट्रेलिया पाकिस्तान
दक्षिण अफ्रिका भारत
वेस्ट इन्डिज न्यूजील्यान्ड
श्रीलंका स्कटल्यान्ड
बंगलादेश नामिबिया