एजेन्सी । आइसीसी टी–२० विश्वकप अन्तर्गत अफगानिस्तानले नामिवियालाई पराजित गरेको छ । आइतबार शेअ जायद मैदानमा भएको खेलमा अफगानिस्तानले नामिवियालाई ६२ रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन जोड्यो । अफगानिस्तानका मोहम्मद शेहजादले ३३ बलमा ४५ रन, हजरतुल्लाह जजाईले २७ बलमा ३३ रन, अस्गर अफगानले २३ बलमा ३१ रन, मोहम्मद नाबीले १७ बलमा ३२ रन जोडे । नामिबियाका रुवेन ट्रम्पेलमान र निकोल लोफ्टी इटनले २–२ विकेट लिए भने जेजे स्मिथले १ विकेट लिए ।
अफगानिस्तानले दिएको १६१ रनको विजयी लक्ष्य पछ्याएको नामिवियाले २० ओभरमा ९ विकेटको क्षतिमा ९८ रनमात्र जोड्न सक्यो ।
नामिवियाका डेभिड विजले ३० बलमा २६ रन जोड्दा निकोल लोफ्टी इटनले १६ बलमा १४ रन जोडे । यस्तै जेरहार्ड इरासमसले १४ बलमा १२ रन जोड्दा माइकल भान लिन्जेनले ८ बलमा ११ रन जोडे ।
रुवेन ट्रम्पेलमान ९ बलमा १२ रनमा अविजित रहँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
अफगानिस्तानका नभिन अल हक र हमिद हसनले ३–३ विकेट लिए भने गुल्बादिन नइवले २ तथा रासिद खानले १ विकेट लिए ।
समूह क | खेल | अंक | समूह ख | खेल. | अंक. |
इङल्यान्ड | ३ | ६ | अफगानिस्तान | ३ | ४ |
अस्ट्रेलिया | ३ | ४ | पाकिस्तान | ३ | ६ |
दक्षिण अफ्रिका | ३ | ४ | भारत | १ | ० |
वेस्ट इन्डिज | ३ | २ | न्यूजील्यान्ड | १ | ० |
श्रीलंका | ३ | २ | स्कटल्यान्ड | २ | ० |
बंगलादेश | ३ | ० | नामिबिया | २ | २ |